१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

करको दायरा समाजवाद उन्मुख छैन: महरा

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा सांसद कृष्णबहादुर महराले करको दायरा समाजवादउन्मुख नभएको बताएका छन्। संसदमा बोल्दै महराले बजेट एकाधिकार पुँजिवाद र समाजवादको खिचडि भएको आरोप लगाए। उनले यसले नेपाली जनतालाई फाइदा नगर्ने बताए। महराले कर उठाउने कुनै सवल मेकानिजम नभएकोले आर्थिक विधेयकको कुनै औचित्य नभएको बताए।  

अविश्वासको प्रस्ताव पेश भइसके पछि केही विषयमा अविश्वास पैदा हुनु स्वभाविक भएको बताए। 'संसदीय व्यवस्थामा अविश्वासको प्रस्ताव सबैभन्दा ठूलो प्रस्ताव हो', महराले भने, 'तर राजनीतिकरुपमा सरकारले त्यो मानेन।'

प्रकाशित: ७ श्रावण २०७३ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App