१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा एक हप्तापछि भूकम्पपछिको लगत सङ्कलन

काठमाडौँ, ४ असार । काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ ।
  यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।
यसअघि विभागले गत जेठ दोस्रो सातादेखि नै लगत सङ्कलन सुरु हुने बताएको थियो । अति प्रभावित १४ जिल्लामध्ये ११ मा लगत सङ्कलन सम्पन्न भए पनि काठमाडौँ, ललितपुर र भक्तपुरमा अझै सुरु नहुँदा यहाँका भूकम्पपीडितले वर्षा अगावै आवास निर्माणका लागि अनुदान नपाउने भएका छन् ।
भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र रु दुई लाख अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ । “विश्व बैँकले लगत सङ्कलनका लागि सहयोग गर्ने वचन दिएकाले एक हप्तापछि सुरु हुनेछ, लगत सङ्कलनमा संलग्न हुने इन्जिनियर र सामाजिक परिचालकलाई तालिम दिने तयारीमा छौँ, भूकम्पका समयमा गृह मन्त्रालयले सङ्कलन गरेको लगत पनि मगाइरहेका छौँ, उपत्यकाका १५ वटा नगरपालिकाको प्राप्त भएको छ, सात वटा प्राप्त हुन बाँकी छ”–उनले भने।
 काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् । उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ । रासस

 

प्रकाशित: ४ असार २०७३ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App