१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।

माओवादी नेता तथा सांसद जनार्दन शर्माले बजेट आश्रित विधेयकको विपक्षमा मतदान गर्ने बताए। उनले भने, 'सरकारबाट बाहिरिएपछि हामी विपक्षि भएका छौ, विधेयकको विपक्षमानै मतदान गर्छौं।'

यता नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पनि आफूहरुले बजेट आश्रित विधेयकको विपक्षमा मतदान गर्ने बताए। प्रमुख दलहरुबीचमा संसदमा सुरुमा बजेट मा वा अविश्वासको प्रस्तावमा छलफल गर्ने भन्नेबारे विवाद थियो। अहिले भर्खर सकिएको तीन दलको बैठकले सुरुमा बजेटमा छलफल गर्ने सहमति जुटाएको हो। बजेट पछि संसदमा अविश्वासको प्रस्तावबारे छलफल हुने छ। संसद बैठक ४:३० मा बस्दैछ।

 

प्रकाशित: ७ श्रावण २०७३ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App