१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिटौलाको क्षेत्रमा राप्रपा उदायो, कचनकवलमा अन्जार आलम विजयी

झापा- सबैभन्दा होचो गाउँपालिका भनेर चिनिने झापाको कचनकवलको अन्तिम परिणाम सार्वजनिक हुँदा रोचक दृश्य देखा परेको छ। कुनैबेला वामपन्थी किल्ला मानिने यो ठाँउमा काङ्ग्रेस नेता कृष्ण सिटौलाको उदय भएपछि काङ्ग्रेस नै बलियो भयो। तर यसपट भने सिटौलाकै मुख्य प्रभाव क्षेत्रमा हिन्दूवादी दल राप्रपाले प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा जितेको छ।

हिन्दूवादी दलबाट विजेता बनेका प्रमुख भने मुस्लिम समुदायका हुन्! राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छ्न्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका कालेन्द्र सिंह राजवन्शीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे।

उपप्रमुखमा राप्रपाकै निम्सरी राजबंशी ५ हजार ७ सय ९२ मत ल्याएर विजेता बनिन्। उनकी निकटतम प्रतिद्वन्दी काङ्ग्रेसकि गिता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन्। यहाँको सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा काङ्ग्रेसले जितेको छ। माओवादी केन्द्र निल भएको छ। यो झापाको क्षेत्र नम्बर ३ मा पर्छ। संविधानसभा चुनावमा नेता सिटौला विजेता बनेको क्षेत्र हो यो।

प्रकाशित: १९ असार २०७४ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App