१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीकी राधिकालाई हङकङ सरकारको सम्मान

म्याग्दी – म्याग्दीकी राधिका (टीका) गुरुङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्र्तराष्ट्रिय समन्वय समितिकी केन्द्रीय महिला उपाध्यक्ष, महिला संघ हङकङकी अध्यक्षसमेत रहेकी गुरुङलाई हङकङ बेलायतबाट स्वतन्त्र भएको १ जुलाईको अवसर पारी दिइने ती सय ३१ पदकमध्ये ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मान गरिएको हो । हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा यो पनि पर्छ । 

बेनी नगरपालिका–७ बिरेन्द्रचोककी गुरुङ हङकङ नेपाली व्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाइटीकी  सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा वर्तमान सल्लाहकारलगायत दर्जनभन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय छन् । हङकङ र मकाउमा रियलस्टेट व्यवसायीसमेत रहेकी गुरूङले सम्मानबाट उत्साहित भएको बताइन् । ‘यो सम्मानले थप जिम्मेवारी थपिएको छ, मैले हङकङ र नेपालको सम्बन्धलाईसमेत बलियो बनाउनेगरी काम गर्नेछु’ उनले भनिन् । विश्वभर रहेका म्याग्देलीलाई एउटै सञ्जालमा जोड्नेगरी म्याग्दी प्रवासी संघका संस्थापक अध्यक्ष प्रकाश पुनकी धर्मपत्नी समेत रहेकी गुरूङले श्रीमान्को समाजिक कार्यप्रतिको सक्रियतालेसमेत आपूmलाई अघि बढ्न सजिलो भएको बताइन् । 

बुद्ध र हिन्दू धर्मसम्बन्धि संघसंस्थामासमेत अनुभव रहेको गुरुङले राष्ट्रिय दिवसको अवसर पारेर हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामको हातबाट सम्मानित हुने कार्यक्रम छ । सो अवसरमा चिनियाँ राष्ट्रपतिसहितका उच्चपदस्थ अधिकारीसमेत हङकङमा रहेका छन् । उत्सवको अवसरमा वितरण गर्न लागिएको सम्मानमा नेपाली समुदायको समेत उत्साहजनक सहभागिता रहेको छ । 

विश्वकै आर्कषक व्यापारिक केन्द्रको रूपमा रहेको हङकङ रोजगारका लागि आर्कषक गन्तव्य मानिन्छ । यसअघि हङकङ सरकारबाट नेपालका रीता गुरुङ, कुलप्रसाद गुरुङ, प्रदिप थापालगायतले समेत यो सम्मान पाइसकेका छन् । केहीदिन अघि हङकङमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई २ करोड संकलन भएको थियो । नेपाली समुदायले हङकङबाट नेपालमा सामाजिक क्षेत्रमा कराडौं सहयोग गर्ने गरेका छन् । हङकङमा रहेका नेपाली संस्थामध्ये मोना हङकङ पनि सक्रिय संस्था मानिन्छ । 

प्रकाशित: १८ असार २०७४ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App