१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

टीकापुर लोकतान्त्रिक फोरमको अग्रता कायमै

टीकापुर- नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार उनको पार्टीले अग्रता लिएको छ। यसअघि संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिइरहेका थिए।

लोकतान्त्रिक फोरमका उम्मेदवारले गणना भएको ७ हजार ६३९ मध्ये १ हजार ६३४ मत हासिल गरेका छन्। समाजवादी फोरमका उम्मेदवारले १ हजार २८४ मत पाएका छन्। कांग्रेसका उम्मेदवार १ हजार २२८ मतसहित तेस्रो स्थानमा छन्।

जोशीपुर गाउँपालिकाका वडा नम्बर १ र २ मा काँग्रेसका वडाध्यक्ष विजयी भएका छन्। १ मा विधिराम चौधरी र २ मा हेमलाल डगौरा विजयी भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिए। त्यस्तै वडा नम्बर ४ मा लोकतान्त्रिक फोरमका लखनलाल चौधरी विजयी भएका छन्।

टीकापुर र भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमको अग्रता कायमै छ। टीकापुरमा १ हजार ३४४ मत सहित फोरमका लौटन चौधरी अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेको काँग्रेस ८१२ मतसहित चौथो स्थानमा झरेको छ। दोस्रोमा ९९० सहित माओवादी केन्द्र र तेस्रोमा ९४३ सहित एमालेका उम्मेदवार रहेका छन्।

भजनीमा फोरम १ हजार २२७ सहित धेरै अघि रहेको छ। उसलाई दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८६३ मतले पछ्याईरहेको छ।

लम्की चुहा नगरपालिकामा काँग्रेसका उम्मेदवार १ हजार २६९ मत सहित अग्रस्थानमा रहेका छन्। एमालेले ९६७, माओवादी केन्द्रले ८३२ र फोरमले ६८४ मत पाएका छन। उपमेयरमा भने एमालेका उम्मेदवार १ हजार १४८ मतले अग्रस्थानमा छन।

प्रकाशित: १६ असार २०७४ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App