१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झापाका सबै नगरपालिकामा एमाले अग्रता

 झापा-मतगणनाको पहिलो दिन बिहीबार झापाका सबै नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता कायम गरेको छ। बिहीबार बिहानैदेखि शुरु भएको मतगणना ज्यादै सुस्त छ। राति १० बजेसम्मको नतिजा अनुसार जिल्लाका आठ वटा नगरमध्ये सबै नगरपालिकामा एमालेको अग्रता छ। भद्रपुर, दमक, गौरादह, अर्जुनधारा, बिर्तामोड, शिवसत्ताक्षी र कनकाई नगरपालिकामा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्।

 मेचीनगरमा पनि झिनो मतले एमाले अघि बढेको छ । मेचीनगरमा रोचक प्रतिष्पर्धा देखिएको छ। वडा नम्बर एकको ३ सय मत गणना भइसक्दा एमालेका मेयर पदका उम्मेद्वार विष्णु प्रसाईँले १ सय २२ र काँग्रेसका उम्मेद्वार बिमल आचार्यले १ सय १९ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी मीना उप्रेतीले १ सय २१ र काँग्रेसकी दुर्गा खतिवडाले १ सय १८ मत प्राप्त गरेकी छन् । झापाका सात गाउँपालिकामध्ये बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा पनि एमालेको शुरुवाती अग्रता छ । झापा गाउँपालिका र कचनकवल गाउँपालिकामा काँग्रेसको अग्रता छ भने हल्दिबारीमा राप्रपा र गौरीगञ्ज गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन्।

प्रकाशित: १५ असार २०७४ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App