१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देहीमा ७५ प्रतिशत मत खस्यो

रुपन्देही- रुपन्देहीमा करिब ७८  प्रतिशत मत खसेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहका अनुसार प्रारम्भिक बिबरण अनुसार जिल्लामा ७८ प्रतिशत मत खसेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको १६ वटै तहमा उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। चुनाव बहिष्कारको नीति लिएको राजपाको पकड क्षेत्र मर्चवार र लुम्बिनीमा पनि उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भयो। ती क्षेत्रका मतदाता पनि एका बिहानैदेखि भोट खसाल्न मतदान केन्द्र पुगेका थिए।

जिल्लाको संवेदनशील मानिएका मर्चवारका तीन गाँउपालिका  मर्चवारीमाइ, सम्मरीमाइ र कोटहीमाइ गाँउपालिकाका हरेक वडाका मतदान केन्द्रहरुमा पनि बिहानैदेखि बुद्धबुद्धा देखि महिला र युवाहरु भोट खसाल्न लाइनमा लागेका थिए । निर्वाचन सुरक्षाकालागि संवेदनशील मानिएको जिल्लाको दक्षिणी भेग मर्चवार लुम्बिनी धकधहीमा पनि शान्तिपूर्ण मतदान भएको प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले बताए। चुनाव बहिष्कार को नीति लिएको भनिएको राजपाको पकड क्षेत्रका गाँउपालिका र नगरपालिकाबाटै राजपाका नेता ,कार्यकर्ताले उम्मेदवारी दिएकाले स्थानीयलाइ मतदानमा भाग लिन सहज भएको निर्वाचनमा खटीएका कर्मचारीले बताए।

तीनवटै गाँउपालिकामा स्वतन्त्रको नाममा प्यानलै र लुम्बिनी साँस्कृतिकमा प्रमुख सहित केही पदमा राजपाका नेताले उम्मेदवारी दिएका थिए । राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाकै नजिकका आफन्त तथा कार्यकर्ता नै ती गाँउपालिका तथा नगरपालिकाको उम्मेदवार बनेकाले उम्मेदवारी दर्तादेखि नै शुक्ला ती उम्मेदवार जिताउ अभियानमा भित्रभित्रै लागेका थिए । बुधबारको निर्वाचनमापनि उनी आफनो क्षेत्रका गाँउपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा मतदानको अवस्था हेर्न पुगेका थिए। आफनो ठाँउमा भइरहेको निर्वाचनको अवस्था हेर्नु बुझ्नु कुनै नौलो कुरा नभएको भन्दै शुक्लाले पार्टीको नीति अनुरुप मतदान भने बहिष्कार गरेको टेलिफोनमा बताए।

 

प्रकाशित: १४ असार २०७४ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App