सरकारमा जानु आत्महत्या गर्नु होः यादव

बुधबार, ०५ साउन २०७३, २० : २५ नागरिक

काठमाडौं—वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । 

गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। 

वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आबुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा अध्यक्ष यादवले भने, 'हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो।' 

उनले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने र अहिलेको अन्तक्र्रिया त्यसैको एउटा स्वरुप भएको बताए। 'आन्दोलन कमजोर भयो भन्ने भ्रम नराखौँ, यो अन्तक्र्रिया आन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान छाडेर तल झरेका छैनौं', उनले भने।

हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले गठबन्धनको अहिंसात्मक आन्दोलनले सफलता प्राप्त गरेको र यस किसिमको आन्दोलन स्वभावैले लामो तर परिणाम दुरगामी हुने भएकाले आन्दोलन शिथिल भयो भनेर निरास नहुन नेता कार्यकर्तालाई आग्रह गरे। 

अन्तक्र्रियामा सहभागी बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिले गठबन्धनको आन्दोलनले उचाइ लिएका सन्दर्भमा सत्ताको प्रलोभनमा परी मुद्दा छाडेर सरकारमा नजान र गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान सुझाए। 

राजनीतिक विश्लेषकद्वय कृष्ण हाछेथु, तुलानारायण साह, पूर्वराजदूत विजयकान्त कर्ण, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, अधिवक्ता सुरेन्द्र महतो र साहित्यकार धीरेन्द्र प्रेमर्सिले मुद्दा सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका खण्डमा मात्र सरकारमा जान उपयुक्त हुने धारणा राखेका थिए। 

डा.सुन्दरमणि दीक्षितले गठबन्धनका नेताले लोभ र इगोमा नपरी आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरे। 

तराई मधेस–लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन र मधेसी मोर्चाबीच कुनै मतभेद नरहेको बताए। रासस







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad