१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ब्रह्माण्डको भाषा खोज्ने पुस्तक सार्बजनिक

काठमाडौं– नेपाल र विश्वका विभिन्न क्षेत्रमा कुन समयमा कस्तो भाषा बोलिन्थ्यो र त्यसको अर्थ के लाग्थ्यो भन्ने विषयमा खोजगरी लेखिएको पुस्तक ‘ए मिस्ट्री अफ द एक्सपैंडिंग युनभर्स’ सार्वजनिक गरिएको छ।

यस पुस्तकले विभिन्न समयमा विश्वका विभिन्न क्षेत्रमा बोलिने भाषाको बारेमा खोजी गरेको छ। साथै नेपालमा पनि परापूर्वकालदेखि नै प्रचलनमा ल्याएको भाषाको महत्व र त्यस समयमा गर्ने गरिएको सञ्चारको प्रक्रियाको बारेमा पनि यस पुस्तकमा उल्लेख गरिएको छ।

पुस्तकका कतिपय प्रसङ्ग र लिपीका कुरा इशावास्य उपनिषदबाट लिइएको छ। यस उपनिषद्मा पृथ्वी र मनुसष्यको जन्म तथा विकास क्रमको प्रसङ्ग रहेको छ। यसरी पुस्तकले मनुस्यको जन्मकालदेखि कै भाषाको जन्म र प्रयोगको बारेमा पनि खोज्ने प्रयत्न गरेको छ।

यस पुस्तकले बोल्ने र लेखिने भाषामा रहेको अन्तरको बारेमा पनि विश्लेषण गरेको छ। नेपाली भाषा पछिल्लो समयमा आफूखुसी प्रयोग गर्ने गरिएको तथा नेपाली भाषाका विद्वानैपिच्छे भाषा फरक हुने गरेकोप्रति यस पुस्तकले चिन्ता व्यक्त गरेको छ।

अर्घाखाँची छत्रगन्जका रमेशप्रसाद गौतमद्वारा लिखित ३०६ पृष्ठको यस पुस्तकले नेपालमा पाली भाषाको उत्पत्ति र प्रयोग तथा नेपाली भाषाको उत्पत्ति र विकास क्रमका बारेमा व्याख्या गरेको छ।

बोलिने र लेखिने भाषामा एकरुपता हुन नसक्दा त्यसले समग्र रुपमा नै भाषा बिग्रिने यस पुस्तकको आसय छ। बोल्ने क्रममा छोटकरी भाषाको प्रयोग गरिने र यो यस्तो भाषा सबैलाई सजिलो हुनेहुँदा लेख्ने क्रममा पनि त्यसैको प्रयोग बढी हुने हुँदा बोल्ने र लेख्ने भाषा एकै खालको हुनुपर्नेमा लेखकको जोड छ।

नेपाली भाषा विश्वका भाषाको तुलनामा पुरानो र समृद्ध भाषामा पर्ने भए पनि यसको संरक्षाण र वृद्धिका लागि कमैमात्र ध्यान पुगेको प्रसङ्ग यस पुस्तकमा रहेको छ।

क्रियसन मिडियाद्वारा प्रकाशित यस पुस्तकको मूल्य रु. ५२५ रहेको छ । रासस

 

प्रकाशित: ५ श्रावण २०७३ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App