१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिमल गुरूङको घरमा प्रहरीको छापा

दार्जिलिङ- गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरूङको घर र कार्यालयमा बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ। उनको घरबाट गोली बारूद्ध र सैन्य हातहतियार बरामद गरेको प्रहरीले जनाएको छ।

गोजमोले पश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीको राजीनामाको माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सरकारले विद्यालयहरूमा बंगाली भाषा अनिवार्य गराउने निर्णय गरेपछि त्यहाँ रहेका नेपालीभाषीहरूले नेपाली भाषा अत्तिक्रमण भएको भन्दै आन्दोलित भएका हुन्। 

दाजिर्लिङलगायतका नेपालीभाषी बाहुल्य क्षेत्रलाई अलग राज्यको माग पनि गोजमोले गरेको छ। आन्दोलनका कार्यक्रमहरू दाजिर्लिङलगायत नेपालीभाषीहरूको बाहुल्यता रहेको क्षेत्रमा हुँदै आएको छ।

विगत एक सातादेखि पश्चिमी बंगाल सरकारले बंगाल भाषाको अनिवार्यता गर्ने नीति लिएपश्चात् गोर्खा जनमुक्ति मोर्चालगायत नेपाली भाषीहरू आन्दोलित छन्।

गुरूङको कार्यालय र घरमा छापा मारेको भन्दै समर्थकहरुले प्रहरी र सञ्चार माध्यमको सवारीसाधनमा आगजानी गरेका छन्।

प्रकाशित: २ असार २०७४ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App