१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डोल्पाको जुफाल विमानस्थल बन्द

जुम्ला— डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा हवाई यातायात सेवा विहिवार देखि वन्द भएको छ।  जुफाल विमानस्थल कालोपत्रे गर्ने कार्य शुरु भएपछि हवाई यातायात अनिश्चितकालिन वन्द भएको हो। विमानस्थल बन्द भएपछि जुफाल सुशासन बनेको छ।

बुधवारदेखि नै विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि बिहीबारदेखि जहाज चलेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणको नौ करोड ८१ लाख रुपैयाको लागतमा विमास्थलको कालोपत्रे हुन थालेको हो। विमानस्थल आयोजना प्रमुख वीरबहादुर शाहीका अनुसार  कालोपत्रे गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान गरिएको छ।

विमानस्थल कालोपत्रे भएको दुई ति हप्तामै जहाज अवतरण गराउन सकिने उनको भनाई छ।

भौगोलिक विकटताका कारण भनेको समयमा सामान ढुवानीका लागि हेलीकोप्टर नपाइनु,   मौसमले साथ नदिनु  दक्ष कामदार नपाउनु जस्ता समस्याले विमानस्थल स्तरोन्नति कार्य अघि वढ्न सकेको थिएन।

जुफाल विमानस्थलमा अहिले तारा एयर,सिता एयर,मकालु,गोमा र नेपाल एयरलाईन्सको जहाजले सेवा दिदै आएका थिए।  हवाई यात्रा गर्नकै लागि माथिल्लो डोल्पाका स्थानियलाई  तिन दिन लाग्थ्यो, उनले भने, निर्माण अवधी भर यहाँका यात्रुले हप्तादिन लगाएर गन्तव्यमा पुग्नु पर्ने वाध्यता हुने भो ।

यहाँका दुरदराजका यात्रुलाई  विमानस्थल वन्द भएपछि हप्ता दिन हिडेर गाडि भेटिने स्थान सम्म पुगिन्छ । सदरमुकाम दुनै वाट एक दिन हिडेपछि गाडि भेटिन्छ । रुकुम  डोल्पाको सिमाना त्रिवेणीमा पुगेपछि यातायात सेवा उपलव्ध हुने स्थानिय बताउँछन्।    

विमानस्थल कालोपत्रे भएमा सुरक्षित हवाई यात्रा हुने स्थानीयले आशा गरेका छन्।  जुफाल विमानस्थल वन्द भएपछि त्रिपुरा नगरपालिका स्थित मसिनाचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।।

कालोपत्रे नहुँदा जुफाल जोखिमयुक्त विमानस्थलको सूचिमा थियो। धुँवाधुलो उड्ने, हिमपात भएपछि लामो समय सम्म बन्द गर्नु  पर्ने अवस्था थियो। दैनिक दुई तीन फ्लाइट हुँदै अाएका थिए। स्तरउन्नति सँगै जोखिम कम हुने अपेक्षा गरिएको छ।।

जुफाल विमानस्थल २०३३ सालमा बनेको हो।

प्रकाशित: १ असार २०७४ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App