१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

युगान्डासँग कूटनीतिक सम्बन्ध

काठमाडौं– नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध जोडेका राष्ट्रको संख्या १ सय ४५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघकै लागि युगान्डाका स्थायि प्रतिनिधि एडोनिया एइबरले कूटनीतिक सम्बन्ध सुरुआतसम्बन्धी एक संयुक्त घोषणापत्रमा हस्ताक्षर गरी दौत्य सम्बन्ध गाँसिएको घोषणा गरे । अमेरिकाको न्युयोर्कमा सोमबार कार्यक्रम आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना भएको घोषणा गरिएको थियो ।

संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेपछि दुवै देशका स्थायी प्रतिनिधिले नेपाल र युगान्डा आगामी दिनमा बहुपक्षीय फोरममा नजिक रहेर काम गर्ने बताएका थिए । आगामी दिनमा द्विपक्षीय सहयोगलाई बढावा दिनेमा दुवै स्थायी प्रतिनिधिले जोड दिएका थिए । कूटनीतिक सम्बन्ध गाँसेलगत्तै दुवै देशका स्थायी प्रतिनिधिले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सलाई जानकारी गराएका थिए ।

युगान्डा पूर्वी अफ्रिकी राष्ट्र हो । युगान्डा सन् १९६२ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपाल र युगान्डा दुवै असंलग्न राष्ट्र समूह, गु्रप अफ ७७, अल्पविकसित राष्ट्र समूह र भूपेरिवेष्ठित राष्ट्र समूहका सदस्य हुन् ।

नेपालले सबैभन्दा पहिला बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध गाँसेको थियो । त्यसपछिको २ सय १ वर्षको अवधिमा नेपालले १ सय ४५ देशसँग औपचारिक कूटनीतिक सम्बन्ध गाँसिसकेको छ । नेपालले हालसम्म ३९ ठाउँमा दूतावास, ३ ठाउँमा स्थायी नियोग र ६ ठाउँमा वाणिज्य दूतावास खोलेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App