१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जब ओलीले ऋषि धमालालाई उल्टो प्रश्न गरे

एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्विर

काठमाडौं—मंगलबार साँझ सिंहदरबारमा बसेको सत्तारुढ तीन दल तथा एमालेका शीर्ष नेताहरुको बैठकबारे सञ्चारकर्मीलाई बढी नै चासो थियो। बैठक चलिरहँदा सभामुखको कार्यकक्ष  छेउमा करिब २०-२५ सञ्चारकर्मी उपस्थित थिए।

सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्थगित गर्दैछ भन्ने हल्लाका कारण पनि बैठकको महत्व सञ्चारकर्मीमा बढी नै थियो।

साँझ करिब ७:४० बजेतिर बैठकबाट नेताहरु बाहिर निस्किए।

स्वभाविक रुपमा सञ्चारकर्मीको ध्यान एमाले अध्यक्ष केपी शर्मा ओलीतिर तानियो। फेरि ओली सञ्चारमैत्री पनि भएकाले उनीबाट सूचना आउने आशमा पत्रकारहरु उनी नजिक पुगे। त्यहाँ ऋषि धमला पनि थिए।  

ओलीसँग धमलाले एकल अन्तर्वार्ता जस्तो गर्न थाले। जवाफ सिध्याउन नपाउँदै धमलाले ओलीलाई बीचमै रोकेर राजपाका माग बढावा दिँदै प्रश्न सोध्न थाले। 'राजपा चुनाबमा नजाने भनेको अवस्थामा देशमा कसरी चुनाब होला त केपी शर्मा ओलीज्यू?', जवाफमा ओलीले राजपा चुनाबमा आएर लोकतान्त्रिक अभ्यासमा सहभागी हुनुपर्ने बताए।

'के एमाले पार्टी उहाँहरुको माग पूरा गर्न तयार छ? संविधान संशोधन गर्न तयार छ? स्थानीय तह संख्या बढाउन तयार छ?'

संविधान संशोधन हुनै नसक्ने भन्ने कुरा होइन। संविधान संशोधन हुनसक्छ। त्यसका लागि हामी खुला छौं। तर त्यसको आवश्यकता किन छ? छलफल गरौं भन्न सकिन्छ। म राजपालाई भन्न चाहन्छु उहाँहरुलाई सत्ता पक्षले खेलाउने उपयोग गर्ने कामहरु गरिराखेको छ भने त्यो उचित होइन।

भनेपछि एमाले पार्टी चुनाबपछि संविधान संशोधन गर्न तयार छ?

छलफल गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिन्छ।

त्यसो भए राजपाको माग सम्बोधन गर्न एमाले तयार भयो?

संविधान संशोधनलगायतका उचित प्रश्नमा एमाले छलफल गर्न तयार छ। खुला छ सधैँ।

त्यसो भए तपाइँ संविधान संशोधनको पक्षमा आउनु भयो अहिले आएर?

कहिले अहिले आएर? कहाँबाट अहिले आएर भयो?

तपाइँ पहिला संविधान संशोधनको पक्षमा हुनुहुन्थेन नि?

कहिले सुन्या? मधेसविरोधी केपी ओली भनेजस्तै हल्ला सुनेको? मेरो मुखबाट सुनेको छ कि अरुको मुखबाट? संविधान, कानुन संशोधन हुनसक्छ। अपरिवर्तनीय केही छैन। फिलोसोफी अलिकति बुझौं।

प्रकाशित: ३० जेष्ठ २०७४ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App