१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेद्वारा धरान उपमहानगरमा उम्मेदवार घोषणा

धरान- असार १४ गतेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले धरान उपमहानगरमा मेयर र उपमेयरसहित १ सय २ जना उम्मेदवारहरुको औैपचारिक घोषणा गरेको छ।

निर्वाचन परिचालन कमिटिले बुधबार पार्टी कार्यालयमा घोषणा सभा आयोजना गर्दै मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी उम्मेदवार भएको औपचारिक घोषणा गरेको हो । यस्तै, धरानका २० वडाका अध्यक्ष र वडा सदस्य उम्मेदवारहरुको नाम पनि एमालेले औपचारिकरुपमा सार्वजनिक गरेको छ । वडा अध्यक्ष र  सदस्यका उम्मेदवारको नाम जिल्ला कमिटिको सिफारिशमा प्रदेश कमिटिले अनुमोदन गरेको थियो भने मेयर र उपमेयरमा स्थायी कमिटिले भर्खर मात्र नाम टुंगो लगाएको थियो।

मेयरका उम्मेदवार ५१ बर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटि अध्यक्ष हुन् । पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बाले तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा छन् । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्ब २ बाट जिविस सदस्य पनि भएका थिए । उनी पार्टीमा माधव नेपाल पक्षका मानिन्छन्।

एमालेको उपमेयरकी उम्मेदवार भण्डारी एमाले जिल्ला कमिटि सदस्य हुन् । विद्यार्थी राजनीतिबाट भुगोलमा आएकी उनी ओली पक्षका मानिन्छन् । महिला सञ्जाल धरानकी सहसचिव समेत रहेकी भण्डारी महिलाहरु माझमा राम्रो छवि बनाएकी नेतृ हुन् । एमालेले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा अध्यक्ष पदमा क्रमशः भरत सुवेदी, मुकुल कायस्थ, आशा कुमार श्रेष्ठ, मानबहादुर राई, चन्द्र भुजेल, भुवान सिंह, भुपेन्द्रराज भोक्तान, रुद्र लिम्बु, रत्न कटुवाल र श्रीप्रसाद सुब्बालाई उठाएको छ । यसैगरि, वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० वडामा क्रमशः अध्यक्ष पदमा बाबुलाल लामा, टंक राई, नेत्रप्रसाद काफ्ले, झलक श्रेष्ठ, नरेश इवारम, दिलकुमार गिरी, पुर्णप्रसाद राई, नविन राई, पुर्ण लिम्बु र मणिराम राईलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App