१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

श्रीमान्–श्रीमती र दाजुभाइ उम्मेदवार

धनकुटा—स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलले उम्मेदुवार टुंगो लगाउदै गर्दा धनकुटामा एकै वडाका ३ जना मेयरका प्रतिस्पर्धी देखिएका छन्। धनकुटा नगरपालिकाको मेयरमा वडा नं. १ बाट जना मेयर र एक जना उपमेयरको उम्मेदुवार भएका छन्।

वडा नं. १ बाट एमालेका चिन्तान तामाङ, माओबादी केन्द्रका गणेश विष्ट र नयाँ शक्ति पार्टीका गणेस पोखरेल मेयरका उम्मेदुवार बनेका छन् । उपमेयरमा राप्रपाले तारा कुमारी तामाङलाई उम्मेदुवार बनाएको छ। तामाङ र क्षत्रीबाहुनको बाग्लो बस्ती रहेको वडा नं. १ हिले बजार क्षेत्र हो। यो वडा नगरकै सबैभन्दा धेरै मतदाता रहेको वडा हो।

यो वडामा ३ हजार ११८ जना मतदाता रहेका छन्। हिले बजारमा पार्टीको मतदाता भन्दा पनि स्वतन्त्र र भुगोलबादी मतदाता रहेको छ। त्यसैले यी मतदाताको सेन्टिमेन्ट तान्नको लागि राजनीतिक दलले हिलेबाट उम्मेदुवार दिएको स्थानीयबासी गौरव कार्कीले बताए।

मेयरमा प्रतिस्पर्धा गरिरहेका तामाङ र विष्ट पूर्व वडाध्यक्ष पनि हुन्। २०४९ सालमा तामाङ र २०५४ सालमा विष्ट एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यो वडा एमालेले आफ्नो पकड क्षेत्र दावी गरिरहेको छ भने माओबादी केन्द्रले समेत धेरै मत ल्याउने दावी गरेको छ । कांग्रेस र राप्रपा पनि एमाले र माओबादी संगै प्रतिस्पर्धामा रहेको छ। यही वडाबाट २०४९ सालमा हेमबहादुर तामाङ उपमेयर र २०५४ मा वाङदी लामा मेयरमा  निर्वाचित भएका थिए।

श्रीमान्—श्रीमती उम्मेदवार

धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा श्रीमान श्रीमति उम्मेदुवार भएका छन्। पाख्रीबास नगरपालिकामा माओबादी केन्द्रको तर्फबाट करुणा राई (श्रीमती)उपमेयर र करवीर राई (श्रीमान) वडा नं. ७ को वडाध्यक्षको उम्मेदवार बनेका छन्।

साँगुरीगढी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा कुमारजंग याखा(श्रीमान) र वडा नं. ४ को वडा सदस्यमा पशुपति याखा (श्रीमती) उम्मेदुवार बनेका छन्। पहिले वडाको उम्मेदुवार टुंगो लागेपछि अध्यक्ष पदमा सिफारीस भएका कुमारजंगलाई नै पार्टीले टिकट दिएपछि दुवै जना उम्मेदुवार बनेको एमालेका नेताहरुले बताए।

चौविसे गाउँपालिकाको वडा नं. २ मा एकै परिवारका ३ जना वडाध्यक्षका उम्मेदुवार बनेका छन्। उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदुवार बनेका भीम तुम्सा र माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षको उम्मेदुवार बनेका मोविन्द्र तुम्सा दाजुभाई हुन्।

एमालेको तर्फबाट उम्मेदवा बनेका आसबहादुर तुम्सा भतिज हुन्। फरक विचारमा लागियो। पार्टीले उम्मेदवार बनाएपछि परिवार भित्रैबाट चुनावमा प्रतिपस्र्धा गर्नु परेको माओबादी केन्द्रका उम्मेदुवार मोविन्द्रले बताए।  चुनावमा प्रतिस्पर्धा भएपनि पारिवारिक विखण्डन नहुने उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०७४ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App