ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट

मङ्गलबार, ३० जेठ २०७४, ०९ : ३४ नरेन्द्रजंग पिटर

महाभारतमा एउटा प्रसंग छ– राजगुरु भएर पनि द्रोणाचार्यले छोरा अश्वस्थामाको दूध पिउने इच्छा पूरा गर्न सक्दैनन्। बालहठले पराजीत पिताश्रीले दानको चामल पिसेर पियाउनै लाग्दा कुरुबालकहरूले अश्वस्थामालाई गिज्याउँदै भनेछन्– हे गरूपुत्र! तिमीले पिइरहेको त दूध हैन्, चौलानी पो हो। हे...सखा, हरेक सेतो पदार्थ दूध कहाँ हुन्छ र? त्यस्तै नाम राख्दैमा नामअनुसारकेै गुण हुनुपर्छ भन्ने हुँदैन्। समाजमा हामीले धनबहादुर, सुन्दरलाल, गरिबदास अनेकौं देख्छौं। ती नामअनुसारको अवस्था र कर्ममा भने हुँदैनन्। त्यस्तै व्यक्तिका रूपमा कोही कम्युनिस्ट भए तापनि संगठनात्मकरूपमै नेपालमा भने कुनै कम्युनिस्ट पार्टी छैनन्।

नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।

नाममा (डि जुरे) जे रहे पनि काममा (डि फ्याक्टो) भने 'कम्युनिस्ट पार्टीहरू' छैनन् र रहेनन्। ट्रेडमार्ककै रूपमा रहेर राजनीतिक व्यवसाय भने सबैको चलेकै छ। हरेक पार्टीलाई रूप र गुणकै आधारमा मूल्यांकन गर्ने गरिन्छ। उसका दर्शनआधारित विचार त्यसैअनुरूप संगठनका मूल्य, मान्यता, सांस्कृतिक आचरण र सक्रियता छन् कि छैनन् भनेर नियाल्ने गरिन्छ। नेपाली जनतामा कम्युनिस्ट आकर्षणको ठूलो हिस्सा छ। पहिलो संविधान सभामा त झण्डै ६३ प्रतिशत समर्थनमा मतदान नै भएको थियो। त्यसैले गुणमा नभई रूपमा मात्रै भए पनि मार्क्सवादी बन्नु र स्वीकार्नु 'नेपाली कम्युनिस्ट' पार्टीहरूको बाध्यता हो।

यस्ता राजनीतिको आखिर च्ाालकशक्ति सिद्धान्त के हो भन्ने हुन्छ। साँच्चै बजारले सिद्धान्तमाथि गरेको अतिक्रमण कम्युनिस्टहरूले छिचोल्न नसकेर उसैको हिस्सा बने।  उपभोक्तावादले कम्युनिस्टहरूको पनि दिल र दिमागमा रजाइँ गर्नुको परिणाम नै रूपमा देखिनु तर व्यवहारमा नदेखिनुका कारण बने। के बजारसँग सिद्धान्तले हार खाएकै हो? एउटा कम्युनिस्ट  पार्टी बन्नका लागि आधारभूत सर्त के के हुन? ती सर्तको सामान्य मर्यादा पनि नेपाली कम्युनिस्टले पालन त गरेका छन्? के यहाँको भूराजनीतिक संवेदनाले गर्दा सुविधाका सिद्धान्त गडिएका हुन त?

लालझण्डे कम्युनिस्टको सख्या झण्डै २ दर्जनको हाराहारीमा नेपालमा छन्। मार्क्सवादका आधारभूत सिद्धान्तमा दर्शनमा द्वन्द्वात्मक तथा भौतिकवाद, राजनीतिमा वर्ग संर्घष, अर्थशास्त्रमा अतिरिक्त मूल्यका सिद्धान्त र त्यसका लागि आन्दोलनको हिरावलदस्ता श्रमजीवी वर्ग नै हो। विज्ञानको आँखीझ्यालबाट जीवन र जगत हेर्ने/बुझने र व्यवहार हो। यसै आधारमा समाज र सोच, धर्म र विज्ञान बुझ्नु र त्यसैलाई जीवन व्यवहारमा फेर्नु हो। त्यो विभिन्न देशका इतिहास, सामाजिक मनोविज्ञान, आर्थिक सम्बन्धका आधारले आन्दोलन तय गर्छ।  हरेक ठाउँका अन्तरविरोध र वर्ग संघर्षका रूप पहिल्याउनु र हल गर्न आन्दोलनको नेतृत्व कम्युनिस्ट पार्टीले गर्छ। केन्द्रीय प्रश्न सत्ताकै हो।

अझ नेपालमा नेकपा संयुक्तभन्दा अरु सबै विभिन्न ब्यानरमा रहेकै माओवादी हुन्। माओवादी मान्यतामा सर्वहारा सांस्कृतिक क्रान्तिको प्रस्थान विन्दु नै माओवादी बन्ने आधार हो र अहिलेको चीनको राज्य व्यवस्थालाई संशोधनवाद वा बजार निर्देशित समाजवादी अभ्यास मानिन्छ। तर नेपाली कम्युनिस्ट पार्टीहरू यसलाई सिधा भन्न सकेका छैनन् भने ऊसँग भाइचारा सम्बन्ध राखेकै पनि छन्। अर्कातर्फ अभ्यासरत दर्शन, संगठनात्मक शैली, राजनीतिक आचरण, सांस्कृतिक चरित्र, विश्व दृष्टिकोण, वर्ग पक्षधरता नियाल्दा सामान्यरूपमा सोसल डेमोक्रेटको हैसियत पनि नेपाली कम्युनिस्ट पार्टीले राख्न सकेका छैनन्। हरेक पार्टीको आन्तरिक बहस, अन्तरसंर्घष र पक्षधरताले पनि वैचारिक संघर्ष र चिन्ता गरेको र अन्तरसंघर्ष चलेकोसमेत पाइँदैन्। केही ङारङुर त देखिन्छ तर त्यो सत्तामा पुग्न, टिकिरहन, गुटियारको रक्षा गर्नमात्र हुन्छ। त्यसले सिद्धान्तको राजनीति अन्त भएको छनक दिन्छ। अहिले कैयौँ पार्टीभित्रको अन्तरसंघर्ष अपराधको लेनदेनमा मात्र झांगिएको छ।

 कम्युनिस्ट पार्टी हुनका लागि आधारभूत सर्त के हो? कम्युनिस्ट र गैरकम्युनिस्टबीचको सिमाना कसरी लाग्ने? आजको सन्दर्भमा रूप, गुण र अभ्यास के र कसो हो? त्यसको कसौटीमा नेपाली कम्युनिस्ट संगठन कहाँ उभिएको पाउँछौ? हामी सिद्धान्तमा, राजनीतिमा, सांस्कृतिक संवेदनामा, आन्दोलनमा, संगठनात्मक क्षेत्रमा के, कसो विकास गरेर कम्युनिस्ट भएको औचित्य सावित गर्छौं? २४ को संख्यामा रहेका कम्युनिस्ट पार्टीले  त्यसको जवाफ के र कसरी दिन्छन्?

कम्युनिस्ट पार्टी र अन्यबीचको साँध भनेको उसको विश्व दृष्टिकोण, वर्ग पक्षधरता, विज्ञान र प्रविधिको विकासलाई कसरी आन्दोलनको हितमा प्रयोग गर्ने? सूचना साम्राज्यवादको प्रतिरोधमा कसरी कम्युनिस्ट आन्दोलनलाई ज्ञान र कलाले सुसज्जित गर्ने भन्ने हो। साम्राज्यवादका नयाँ चरित्रको पहिचान र त्यसको प्रतिरोध, पँुजीको आवारागर्दी र त्यसको फेरिएको चरित्र, राज्य अभिभावक  बन्ने कि व्यवस्थापक, संगठनात्मक स्वरूप, राजनीतिलाई सांस्कृतिकीकरणमा मात्र हुन्छ। दुनियाँमा भएका न्यायपूर्ण आन्दोलनको समर्थन र साम्राज्यवादको आर्थिक, राजनीतिक अतिक्रमणविरुद्ध उभिनुपर्ने हुन्छ। सम्राज्यवादी युद्ध, विस्तारवादी युद्ध र दबाबको राजनीतिको विपक्षमा उभिनुपर्छ। तर नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।

लोकतान्त्रिक नजरबाट नियाल्दा नेपालका हरेक पार्टी नै 'वान म्यान मेनिफेस्टो' मा फेरिएका छन्। अझ 'माओवादी' र एमालेका कार्यकर्तालाई सक्रिय पार्ने ऊर्जा भनेको त एकअर्काप्रति कति उग्रघृणा कोरल्न, उछित्तो काढ्न र हुर्मत लिन सकिन्छ भन्नेमा देखिन्छ। भद्दा रछ्यान त मिडिया त्यसमा पनि सामाजिक सञ्जाल बनेका छन्। इतिहासको अनिवार्यता 'माओवादी' विरुद्धको उग्रप्रतिक्रिया स्वाभाविकै हो। युद्धले स्थानियलाई यति धेरै प्रभावित पारेको हुन्छ कि त्यो एक अर्को पुस्तासम्म पनि घटनाका कथा बनेर पुस्तान्तरण हुँदै जान्छ। विपक्षहरू त्यही अंशमा खेलेर समग्रतामा आक्रमण गरिरहेका हुन्छन्। 

एकैपटक यो अवस्था आएको भने हैन। आन्दोलनको समय भएका आदर्श सत्ता म्याराथनमा क्रमशः स्यालका सिंग बन्दै जाँदा भएको हो। हरेक संगठनको मुख्य चिन्ता सत्ता नभई सरकारमात्र बन्यो, सिद्धान्त र त्यसको बाहक संगठनको चुस्तदुरुस्त र सांस्कृतिक चेतको भने रहेन। सुविधाको राजनीतिको सबभन्दा ठूलो दुश्मन भनेको सिद्धान्तको राजनीति हो। कमिटी सदस्यहरूमा पनि तमाम दबाब झेल्न सक्ने औकात नभएर सुविधाको राजनीतिसँग झुक्न मन्जुर भए, ढाड सिधा बनाउन भने सकेनन्। 

जब संगठन आन्दोलनको औजार बन्न सक्दैन् राजनीतिक व्यवसाय त गर्न सक्छ तर असन्तोष र आशालाई विद्रोहमा फेर्न भने सक्दैन्। तर संसदीय राजनीतिमा भने असन्तोषलाई कर्ममा नभई कुन्ठा आग्रहमा फेरिदिने गर्छ। सिद्धान्तहीनताको बीचमा पनि समर्थकको दबिएका आकांक्षालाई राष्ट्रिय राजनीतिमा प्रतिष्ठापित गर्ने एउटा उग्र र आवेगी नेतृत्व अवश्यक हुन्छ। जब सैद्धान्तिकरूपमा भनिएका कुरा हुन्न तब संगठन चलाउन घृणा, प्रतिशोध र भयको राजनीति आवश्यक हुन्छ। अतिवाद सहारा हुन्छ। अन्धधार्मिकता र फर्जी राष्ट्रवाद वैशाखी बन्न पुग्छन्।

 अन्तमा,

१) ट्रेडमार्कमै सीमित कम्युनिस्ट पार्टीहरूसँग दुई विकल्प छन्– मौलिक चरित्र कायम गर्नु वा जे छ त्यहीअनुसार मर्म र कर्म फेर्नु। २) कार्यकर्ता र समर्थकका विकल्प– आफ्नो पार्टीलाई रूपअनुसारकै गुणमा फेर्नु वा विकल्प खोज्नु। ३) पुँजीको आक्रामक चरित्र, आर्थिक असमानताको खाडलको चौडाइ, पुँजीको राजकीय चरित्रले कर्पाेरेटी राजनीतिमा फेरिँदा उसका लागि युद्धको अनिवार्यता हुन्छ। जातीय र धार्मिक अतिवाद, राष्ट्रिय अहंकार र त्यसको बाइप्रोडक्ट भनेको अतिवाद र आतंकवाद हुन्। त्यसको प्रतिकार कम्युनिज्मले मात्र गर्न सक्छ भने समाजमा फैलँदै गएको निराशा र कुन्ठाको उपचार पनि गर्न सक्छ। ४) वैश्वीकरण र सूचना प्रविधिको विकासले पारेको असर र छम्दसत्य(पोस्ट ट्रुथ) अभ्यासको प्रतिकार कसरी गर्ने वा त्यसलाई कार्यसूचीमा कसरी ढाल्ने भन्ने पनि हो।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad