१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहटमा नब्बे मतदान केन्द्र अति संवेदनशिल

रौतहट- मतदानको दृष्टिले रौतहटमा नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ। रौतहटमा सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेकोमा सम्पूर्ण मतदान केन्द्रमध्ये नब्बेवटा अति सम्वेदनशील रहेको सुरक्षास्रोतको भनाइ छ। विगतका निर्वाचनहरुमा होहल्ला भई मतदान रोकिएको, दोहोर्‍याएर मतदान भएको, झडप भएको, गोली चलेको, भारतसँग सीमाना जोडिएको र राजपा नेपालको पकड बलियो भई चुनाव बिथोल्न सक्ने सम्भावना भएको मतदान केन्द्रलाई सुरक्षा निकायले अति संवेदनशिलमा राखेको छ।

दुई सय त्रिहत्तर मतदान केन्द्रलाई रौतहटको सुरक्षा निकायले संवेदनशिल मानेको छ । विगतको निर्वाचनमा होहल्ला भएको, सामान्य बल प्रयोग गर्नुपरेको, मतदान केन्द्रबाहिर झडप भएको, चुनाव प्रचारको क्रममा नै गाउँमा झडपका घटनाहरु भएको मतदान केन्द्रलाई संवेदनशिल मानिएको सुरक्षास्रोतले जनाएको छ । एक सय एघार सामान्य मतदान केन्द्र मानिएको छ।

जिल्लामा दुई हजार ३८ नेपाल प्रहरी, तीन हजार ९२ म्यादी प्रहरी र आठ सय स्रोह जना सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा खटिने छन्। नेपाली सेनाले पनि आवश्यकता अनुसार निर्वाचनमा जिम्मेवारी निर्वाह गरिरहेको र मतदानको दिन झन्डै पाँच सय चालीस जना नेपाली सेना खटाइने तयारी रहेको छ।

सबै मतदाताले निर्भय भएर आफ्नो मतदान गर्न पाउने गरी सुरक्षाको योजना बनाएको र त्यही अनुरुप सम्पूर्ण व्यवस्था भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीन कृष्ण भण्डारीले बताए। हरेक मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था हुने र आवश्यक भएमा थप सुरक्षा बल चारदेखि पाँच मिनेटभित्र मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको डिएसपि भण्डारीले बताए।

प्रकाशित: २९ जेष्ठ २०७४ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App