२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाल्पामा एमाले र माओवादी केन्द्रबीच तालमेल

पाल्पा–  पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ। 

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ। 

रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ । रासस 

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App