१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

योजना आयोगमा श्रेष्ठ निरन्तर

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सरकारले तत्काल नहटाउने भएको छ। सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति पाएका व्यक्ति हटाइने परम्परा छ।

वर्तमान गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहालबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको काँधमा आए पनि सरकारले आयोग उपाध्यक्ष श्रेष्ठलाई तत्काल नहटाउने भएको हो। सरकार परिवर्तन भए पनि गठबन्धन परिवर्तन नभएका कारण श्रेष्ठले निरन्तरता पाएका हुन्।

'अर्को व्यवस्था नभएसम्मका लागि मलाई नै उपाध्यक्षको जिम्मेवारी बहन गर्न सरकारले निर्देशन दिएको छ,' उपाध्यक्ष श्रेष्ठले आइतबार नागरिकसँग भने। आयोगका अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। पूर्वप्रधानमन्त्री दाहालले श्रेष्ठलाई योजना आयोगमा ल्याएका थिए। 

सरकारले मुलुकको विकासका रणनीति बनाउने, बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी योजना आयोगलाई दिएको छ। आयोग उपाध्यक्ष प्रधानमन्त्रीको विश्वासिलो व्यक्ति हुनुपर्ने भएका कारण यसलाई राजनीतिक नियुक्तिबाट परिपूर्ति गरिन्छ।

श्रेष्ठलाई दाहाल नेतृत्वको सरकारले २०७३ भदै १६ मा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो। आयोगको जिम्मेवारी पाउनुअघि उनी नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक थिए। आयोगका तत्कालीन उपाध्यक्ष युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा श्रेष्ठले निकट सहयोगीका रूपमा काम गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App