१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत सेमिफाइनलमा

लन्डन- साबिक विजेता भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार ओपनर शिखर धवन र विराट कोहलीले अर्धशतक प्रहार गरेपछि भारतले महत्वपूर्ण खेलमा जित हासिल गरेको छ।

समूह 'बी' को खेलमा दक्षिण अफ्रिका र भारतबीचको खेलमा जित हासिल गर्ने टोलीले अन्तिम चारमा पुग्ने थियो। तर भारतले सहजै जित हासिल गर्न सफल भयो।

१ सय ९२ रनको विजयलक्ष्य पाएको भारतले ओभल मैदान १२ ओभर बाँकी रहँदा २ विकेटको नोक्सानीमा जित हासिल गर्‍यो। धवनले ८३ बलमा ७८ रन जोड्दै टोलीको जितलाई सहज बनाएका थिए। उनले १२ चौका र १ छक्का प्रहार गरे। कप्तान कोहलीले अविजित ७६ रन बनाए।

कोहलीले ७ चौका र १ छक्का हानेका थिए। ओपनर रोहित शर्मा १२ रनमा आउट भएका थिए। भारतले लक्ष्य पूरा गर्दा युवराज सिंहले अविजित २३ रन बनाएका थिए।

टस हारेर सुरुआतमा ब्याटिङ गरेको दक्षिण अफ्रिका ४४.३ ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो। ओपनर क्विन्टन डी ककले अफ्रिकाका लागि सर्वाधिक ५३ रन बनाए। २५ ओभरमा डी कक रवीन्द्र जडेजाबाट बोल्ड भएका थिए। अर्का ओपनर हसिम अमलाले ३५ र फाप डु प्लेसिसले ३६ रनबाहेक अन्यले गतिलो स्कोर जोड्न नसकेपछि दक्षिण अफ्रिकाले दुई पटकको च्याम्पियन भारतविरुद्ध गतिलो स्कोर बनाउन सकेको थिएन। अफ्रिकाको तल्लो क्रमका खेलाडीले गतिलो स्कोर जोड्न सकेनन्।

प्लेयर अफ द म्याच भारतका जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २ विकेट लिए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App