स्थानीय तह थप्न सरकारको 'भ्याकेट'

सोमबार, २९ जेठ २०७४, ०७ : २१ भाषा शर्मा  | @sb_language

काठमाडौं- सरकारले स्थानीय तहको संख्या नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै  निवेदन (भ्याकेट) दिएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले  सोमबार भ्याकेट दर्ता गरेको हो। महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट दिएको बताए। स्थानीय तह संख्या थप्ने सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले जेठ १२ मा अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले चुनाव प्रक्रिया सुरु भइसकेको बेला स्थानीय तहमा संख्या थप गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अधिवक्ता धनबहादुर श्रेष्ठले तराई–मधेसमा स्थानीय तह संख्या थप्ने निर्णयविरुद्ध जेठ ३ मा रिट दर्ता गरेका थिए। पहिलो सुनुवाइमा अदालतले सरकार र निवेदक दुवैलाई छलफल गर्न बोलाएको थियो।

सर्वोच्च अदालतको नियमावलीमाा दुई पक्षबीच छलफल गराई दिएको अन्तरिम आदेश खारेजीको माग गर्ने बाटो देखिँदैन। सुनुवाइमा सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका थिए।

नियमावली ४१ को उपनियम ३ अनुसार 'एक पक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएकोमा वा कुनै कारणले अर्को पक्षले आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको अवस्था त्यस्तो अन्तरिम आदेश रद्द गरी पाउनका लागि सो पक्षले निवेदन दिन सक्नेछ' उल्लेख छ।

नियमावलीमा 'अदालतले उचित र आवश्यक देखेमा अघि दिएको अन्तरिम आदेश रद्द गर्न वा त्यसमा आवश्यक संशोधन गर्न सक्नेछ' भन्ने व्यवस्था छ। तर, सरकारले आफ्नो तर्फबाट बहस गरे पनि भ्याकेटको निवेदन दिएको छ। 

सरकारले चुनाव प्रक्रिया सुरु भएपछि २२ वटा स्थानीय तह थप र वीरगन्ज तथा विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको थियो।

सो निर्णय कार्यान्वयनमा सर्वोच्चले रोक लगाएपछि सरकारले स्थानीय वडा, सिमाना, जनसंख्या साबिककै कायम राख्दै पुनः विराटनगर र वीरगञ्जलाई महानगर बनाउने निर्णय गरिसकेको छ। सरकारको पछिल्लो निर्णयसँगै स्थानीय तहको संख्या सात सय ४४ बाट सात सय ६६ बनाइएको थियो। सर्वोच्चको अन्तरिम आदेशपछि सात सय ४४ नै कायम रहेको छ।

संविधानको धारा २९५ अनुसार स्थानीय तह निर्धारण आयोगको निर्णय अन्तिम हुन्छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad