१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तह थपिए बर्खाअघि चुनाव 'असम्भव'

काठमाडौं- सरकारको पुववर्ती निर्णयअनुसार स्थानीय तहको संख्या र सिमाना हेरफेर भए दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नहुने भएकोे छ। सरकारले तराई–मधेसमा २२ वटा स्थानीय तह थप्ने निर्णय जेठ ८ मा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। असार १४ मा दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएको छ। तह थप्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ। स्थानीय तह थप्ने निर्णय कार्यान्वयन हुने अवस्था आए दोस्रो चरणको निर्वाचन तोकिएको समयमा हुन कठिन हुनेछ। अन्तरिम आदेशविरुद्ध सरकारले सर्वाेच्चमा भ्याकेट हालेको छ। सर्वोच्चले स्थानीय तह थप्न रोक नलगाए तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा आउने छ। र, निर्धारित मिति असार १४ मा चुनाव पनि संभव हुने छैन।

सर्वोच्चले स्थानीय तह थप्न रोक नलगाए तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा आउने छ। र, निर्धारित मिति असार १४ मा चुनाव पनि संभव हुने छैन।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले अब मिति, स्थानीय तह संख्या र सिमाना हेरफेर भए निर्वाचन प्रभावित हुने बताए। 'स्थानीय तहको संख्या बढाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि हामी दोस्रो चरणअन्तर्गत ४ सय ६१ स्थानीय तहको संख्या र सिमानालाई नै आधार मानेर असार १४ गते निर्वाचन गराउने अन्तिम तयारीमा छौं,' दाहालले भने, 'अब स्थानीय तहको संख्या, सिमाना हेरफेर हुने हो भने तोकिएको मितिमा निर्वाचन हुन सक्दैैन।' पहिलो चरणको निर्वाचनपूर्व नै कायम भएका ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा २ सय ८३ तहमा निर्वाचन सम्पन्न भइसकेकाले अब बाँकी ४ सय ६१ तहका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको उनले बताए।

राष्ट्रिय जनता पार्टीले स्थानीय तहमा संख्या थप्न र निर्वाचन मिति सार्न माग गर्दै आएको छ। आयोगले अब मिति र स्थानीय तह संख्या थप गरिए यो बर्खाअघि चुनाव हुन नसक्ने संकेत दिएको छ। 'सीमा तोडमोड गरियो भने अहिले निर्धारित मितिमा चुनाव हुँदैन,' आयुक्त दाहालले भने, 'बर्खा सुरु भइसकेको छ। अब असार १४ बाट पनि मिति सार्ने हो भने बर्खाअघि चुनाव हुन सक्दैैन।' उनले हालको तयारीबमोजिम नै निर्वाचन हुने विश्वास व्यक्त गरे।

आधिकारिक व्यक्ति तोक्न निर्देशन

निर्वाचन आयोगले असार १४ गते हुने निर्वाचनमा दलका तर्फबाट उम्मेदवारलाई टिकट दिने आधिकारिक व्यक्ति सोमबारसम्म तोक्न निर्देशन दिएको छ। दोस्रो चरणको स्थानीय निर्वाचनका लागि मनोनयनपत्र दिने व्यक्ति तोक्न बाँकी दलले सोमबारसम्म त्यस्ता व्यक्तिको नाम, थर र दस्तखत आयोगमा बुझाउनुपर्ने छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मनोनयन दर्ता गर्ने व्यक्ति तोक्न चैत २२, २६ र वैशाख १२ गते समेत मागिएको कुनै दलको छुटेको भए सोमबारसम्म बुझाउन समय दिइएको बताए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App