१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए नर्वेमा थापा

लन्डन—गैरआवासीय नेपाली संघ नर्वेको शनिबार भएको निर्वाचनले सन्जिव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका प्रत्यासी थापाले ९० मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नयन मल्ले ७५ मत पाए।

संघको प्रथम उपाध्यक्षमा सालिग्राम अर्याल, द्वितिय उपाध्यक्षमा सुरेन्द्र स्यात्रै, महासचिबमा राजु अर्याल, सचिव दीपक महत, कोषाध्यक्ष बिना नेवार श्रेष्ठ, महिला संयोजक डा.सबिता महर्जन, युवा संयोजकमा नीलकण्ठ अर्याल निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनले कार्यसमिति सदस्यमा प्रदिप अधिकारी, बिकाश दवाडी, अनुप गुप्ता, पबित्र बस्नेत, विष्णुमाया अधिकारीलाई चयन गरेको छ। एनआरएन नर्वेबाट आइसीसी सदस्यमा द्वारिका महर्जन र्निविरोध निर्वाचित भए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एनआरएन युरोप संयोजक कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरेका छन्।

यसअघि एनआरएन पाँचौं अधिवेसनके उद्‌घाटन आचार्यले नै गरेका थिए। सम्वृद्ध नेपालका लागि गैरआवासीय नेपाली संघको भूमिका महत्वपूर्ण रहेको उनले बताए। नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकताको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले नेपालमा लगानीका लागि  वातावरण सहज हुँदै गएको उल्लेख गरे। जुलाई अन्तिम साता फ्र्याङ्कफर्टमा हुने एनआरएन युरोप क्षेत्रीय सम्मेलन सफल पार्न उनले आग्रह गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७४ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App