१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

टेकेन्द्र बस्याल/नगेन्द्र उपाध्याय

कोहलपुर- राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबिएमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङ सोमबार पूरा गरेको हो। गत जनवरीबाट कोभेकले ५.६ वर्गमिटरको सुरुङ निर्माण थालेको थियो।

पाँच महिनामा पहिलो चरणको सुरुङ निर्माण कार्य पूरा भएको कोभेक प्रशासकीय प्रमुअ लि–छाङ्योङ्ले बताए। पहिलो चरणको काम पूरा भएको र अब बाँकी सुरुङ खन्नका लागि चाहिने टिबिएम दुई महिनामा नेपाल आइपुग्ने उनले बताए। मेसिन चीनको सांघाईमा तयारीमा अवस्थामा रहेको मेसिन आगामी अगस्टसम्म आइपुग्ने उनले जानकारी दिए। टिबिएम समुद्री बाटोबाट कोलकाता हुँदै नेपाल आइपुग्नेछ। दिन र रात दुई चरणमा काम भइरहेको र सोचेअनुसार काम अगाडि बढेकाले समयमा एक सय ५० मिटर सुरुङको निर्माण कार्य पूरा भएको छ। भेरी र बबई नदीमा पर्ने चुरे पर्वतमा १२ किलोमिटर लामो सुरुङ खन्न टिबिएम प्रविधि नआएकाले अहिले मजदुरबाट एक सय ५० मिटर सुरुङ निर्माण थालिएको हो। लम्बाइ र चौडाइ ५.६  मिटर रहने सुरुङ ९६ मजदुरबाट सुरु भएको हो। सुरुङ निर्माण चार वर्षमा सम्पन्न गर्ने योजना रहेको छ। अहिलेसम्म काममा कुनै अवरोध नदेखिएकाले समयमै काम सकिने विश्वास निर्माण पक्षको रहेको छ। अहिले ९६ नेपाली मजदुर र चिनियाँ प्राविधिकसहित काम भइरहेको छ। सुरुङ निर्माण थालिएपछि भेरी बबई डाइभर्सन आयोजनाको समयमै निर्माण कार्य सम्पन्न हुने आशा गरिएको छ।

चार वर्षको अवधिमा १२ किलोमिटर भेरीको पानी बबईमा ल्याउन सुरुङ निर्माण सक्ने लक्ष्य लिएको आयोजनाले तीव्र गतिका साथ काम भइरहेको छ। तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ खनिने छ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। तेस्रो चरणमा सिँचाइका लागि काम गरिने छ। यसबाट बा“के, बर्दियाको ५१ हजार हेक्टर जमिनमा पूरै १२ महिना सिँचाइ सुविधा पुर्‍याउन सकिने छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App