१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

संकटा र आर्मी फाइनलमा

काठमाडौं- सिएमजी संकटा र त्रिभुवन आर्मी क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

फाइनल खेल सोमबार हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटाले टाइब्रेकरमा फ्रेन्ड्स क्लबलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

रञ्जित गुरुङले ४२औं मिनेटमा गोल गरेर संकटालाई अग्रता दिलाएका थिए। फ्रेन्ड्सका सुमित मगरले ४७औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

पेनाल्टी सुटआउटमा नवीन गुरुङ, दीपेश आलेमगर, देवराज तामाङ र रञ्जित गुरुङले गोल गरेका थिए। संकटाका सागर थापाले भने गोल गर्न सकेनन्। फ्रेन्ड्सका निशान थापामगर र दीक्षित थापाले मात्र गोल गर्न सके। रमेश बर्तौला र आशिष केसीको प्रहार असफल भएको थियो।

दिनेश योञ्जनले ह्याटि्रक गरेपछि अर्को खेलमा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० ले हरायो। दिनेशले १५, ४४ र ७२औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे।

आर्मीका प्रिजन तामाङले ८८औं मिनेटमा गोल गर्दै आर्मीको जितलाई फराकिलो बनाए। तर शनिबार आर्मीले रोमन लिम्बुलाई फाइनलमा गुमाउने भएको छ। ७४औं मिनेटमा आर्मीका रोमन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। खेलको अन्त्यतिर आर्मी १० खेलाडीमा सीमित भए पनि पुलिसले त्यसको फाइदा उठाउन सकेन।

खेलको अन्त्यतिर आर्मी १० खेलाडीमा सीमित भए पनि पुलिसले त्यसको फाइदा उठाउन सकेन।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App