१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाँटी रेटिएको अवस्थामा शव बरामद

महेन्द्रनगर - धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको इनर्वा प्रहरीचोकीका प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिए।

शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनास्थलबाट दुईवटा घडी बरामद भएको र उक्त स्थानमा लछारपछार भएको जस्तो देखिएकाले कुनै विवादका कारण घटना भएको हुनसक्ने आशङ्का गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

उनका अनुसार हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमावर्ती क्षेत्रमा भएकाले नेपाली हुन् वा भारतीय नागरिक बताउन गाह्रो छ। त्यस घटनाको विषयमा भारतीय प्रहरीसङ्ग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। रासस

 

प्रकाशित: २७ जेष्ठ २०७४ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App