१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सगरमाथा आरोही लबराज उत्तराखण्डका लागि सद्भावना दूत

भारतीय नागरिक लबराज सिंह धर्मशक्तुलाई अभिन्दन गरिँदै।

काठमाडौं—साहसिक खेलकुद पर्यटन समाजले ६ पटक सगरमाथाको सफल आरोहण गर्ने पहिलो भारतीय नागरिक लबराज सिंह धर्मशक्तुलाई भारतको उत्तराखण्ड राज्यको लागि आफ्नो सद्भावना दूत नियुक्त गरेको छ।

पर्यटन बिभागका कायममुकायम महानिर्देशक दुर्गादत्त ढकालले ललितपुरमा आयोजित एक कार्यक्रमबीच धर्मशक्तुलाई ‘सद्भावना दुत प्रमाणपत्र’ का साथै लुम्बिनी चिनो स्वरूप पिपलको पात र हाँगाबाट तयार गरिएको बिशेष मुकुट पहिराएर सम्मान गरे। कार्यक्रममा बोल्दै ढकालले कीर्तिमानी भारतीय पर्वतारोहीलाई सद्भावना दुतको सम्मान प्रदान गर्नाले नेपाल र भारत दुवै देशमा साहसिक खेल पर्यटनको विकास तथा प्रबर्द्धनमा सहयोग पुग्ने बताए।

समाजका संरक्षक बिक्रम पाण्डे काजीले यो नयाँ साझेदारीले सिंगो हिमालय क्षेत्रमा साहसिक पर्यटन गतिबिधि बिकास तथा प्रबर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे। ‘हिमालय नेपाल र भारतको साझा सम्पदा हो। यो साझेदारीले भारतको उत्तराखण्ड राज्यमा बृहत् साहसिक पर्यटन विकासमा सहयोग पुग्छ भने नेपालले पनि सिमापार पर्यटन सेवा तथा उपजको विकास प्रवद्र्धन गरी फाइदा लिन सक्नेछ’, पाण्डे काजीले बताए।

सम्मानित ब्यक्त्तिव धर्मशक्तुले नेपालि साहसिक पर्यटन क्षेत्रले दिएको सम्मानप्रति आफु सदा अनुगृहित रहने जनाए। आफू सीमापारीको बासिन्दा भएपनि नेपाललाई दोस्रो घर ठानेको बताए।

कार्यक्रममा समाजको नयाँ कार्य समितिले पद तथा गोपनियताको सपथ लिएको थियो। रबि थापाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा उत्तम मानन्धर, दिपेश श्रेष्ठ र क्यानोनिंग क्षेत्रका प्रतिनिधि उपाध्यक्ष, र दिपक राई महासचिब छन्।

समाजक अध्यक्ष थापाले साहसिक खेलकुद गतिबिधिमा संलग्न सबैलाई समेट्दै आफुहरु अघि बढ्ने जनाए।

प्रकाशित: २६ जेष्ठ २०७४ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App