लर्ड्समा नेपालको जित

बुधबार, ०५ साउन २०७३, ०७ : २० नागरिक

काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। नेपालका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र जोड्न सकेको थियो ।

नेपालले इङ्ल्यान्ड भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपाल–बेलायतबीचको दौत्यसम्बन्ध स्थापनाको दुई सय वर्षगाँठमा यो क्रिकेट भएको हो ।

इङ्ल्यान्ड भ्रमणमा नेपाल यसअघि चार अभ्यास खेल खेलेको थियो ।सबै खेलमा नेपाली टोली विजयी भएको थियो ।

मंगलबार एमसिसीको ८ विकेट नेपालका स्पिनरले लिएका थिए । वसन्त रेग्मी र सागर पुनले ३–३ विकेट लिँदा सन्दिप लामिछाने र शक्ति गौचन १–१ विकेट लिन सफल भए । सोमपाल कामीको नाममा २ विकेट रह्यो ।

एमसिसीका जिए एडैरले शतक प्रहार गरे पनि टोलीलाई जितको हकदार बनाउन सकेनन् । ओपनर एडैरले १ सय २३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय रन बनाए । उनलाई वसन्त रेग्मीले राजु रिजालको हातबाट क्याचआउट गराए। अन्य ब्याट्सम्यानले नेपाली स्पिनरसामु खुलेर खेल्न सकेनन् । आइएम विल्किन्सलेले २० र एस क्लार्कले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विल्किन्सनलाई सोमपाल कामीले बोल्ड गरे भने ओपनर क्लार्कशक्ति गौचनबाट बोल्ड हुन पुगे।

त्यसअघि टस जितेको नेपालले तेस्रो ओभरमै ओपनर अनिल मण्डललाई २ रनमा गुमाएको थियो । ४ बल खेलेका अनिल केपी डुचको बलमा कट एन्ड बोल्ड भएका थिए । त्यसपछि ब्याटिङ आएका शरद भेषावकरले पनि लामो इनिङ खेल्न सकेनन् । १३औं ओभरको पाँचौं बलमा शरद एस क्लार्कको बलमा बोल्ड भए । ४० बल खेलेका शरदले ५ चौका प्रहार गरे ।

पछिल्लो समय टोलीमा शरद लयमा देखिएका छन् । फिनिसरका रूमा खेल्ने शरदले नामिबियाविरुद्धको खेलपछि टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी पाएका छन् । त्यसमा उनी सफलहुँदै आएका छन् ।

२/५८ को स्थितिमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिङ सम्हाले । यिनीहरूले तेस्रो विकेटका लागि ४६ रनको रनको साझेदारी गरेका थिए । २३औं ओभरको पहिलो बलमै ज्ञानेन्द्रकेथ फिलिप डचको बलमा कट एन्ड बोल्ड भए । ६३ बल खेलेका उनले ५ चौकाको मद्धतमा ३९ रनको योगदान गरे ।लगत्तै पारस पनि पवेलियन फर्किए । २८ बलमा २ चौका र १ छक्का प्रहार गरेका पारस ३० रन बनाउँदा एमएस रनगोल्डको बलमा एस क्लार्कबाट समातिए। राजु रिजाल २४ रनमा आउट भए । ३५ बल खेलेका उनले २ चौका  प्रहार गरे। विनोद भण्डारी ९ रनमा आउट हुँदा सोमपाल (२०) रनआउट भएका थिए । वसन्तले अविजित २४ रन बनाए ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad