१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

बरामद गरिएकाे विस्फोटक पदार्थ सार्वजनिक गर्दै प्रहरी । तस्बिर : मदन ठाकुर

रौतहट – रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन्। 

पक्राउ पर्नेमा झापा धर्मपुर ६ का दिलिप थापा र तारा थापा रहेका छन् । त्यसमध्ये  दिलिप रातो खबर साप्ताहिकमा आवद्ध रहेको पाइएको छ । पक्राउ परेका दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता भएको प्रहरीको आशंका छ । स्थानीय निर्वाचन बिथोल्नका लागि उनीहरुले विस्फोटक पदार्थ होटलमा राखेर बसेको आशंका प्रहरीले गरेको छ ।

हेटौँडातिरबाट बुधवार साँझ आएर होटलमा बसेका दुवैजनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा विस्फोट पदार्थसहित दुईजना पक्राउ परेपछि चुनावको सुरक्षा चुनौती धेरै थपिएको प्रहरीले बताएको छ । अन्य दृष्टिले पनि सुरक्षाको लागि प्रहरीले योजना बनाउनु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकृष्ण भन्डारीले बताए ।

प्रहरीले उनीहरू चढेको ग ३ प ३९११ नम्बरको यामाहा मोटरसाइकल पनि बरामद गरेको छ। 

 

प्रकाशित: २५ जेष्ठ २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App