१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गच्छदार पाँचौं पटक उपप्रधानमन्त्री

विजयकुमार गच्छदार। फाइल तस्विर

काठमाडौं— पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका चर्चित प्रसङ्गमध्ये एउटा उपप्रधानमन्त्रीहरुको वरियताक्रम विवाद पनि रह्यो। जनआन्दोलन दमन गर्ने कार्यका मुख्य दोषी कमल थापालाई आफूभन्दा माथिल्लो बरियतामा ल्याएको भन्दै विमलेन्द्र निधिले पदै त्यागे, भलै उनको राजिनामा स्वीकृत भएन।

बुधबार नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएसँगै तीन उपप्रधानमन्त्री नियुक्त भएका छन्। काँग्रेस, माओवादी र लोकतान्त्रिक फोरमबाट एक एक जना उपप्रधानमन्त्री नियुक्त हुँदा धेरैले उपप्रधानमन्त्रीको वरियता सम्झिए।

२०६२/०६३ को जनआन्दोलनपछि पनि उनी सधैँजसो मन्त्री हुँदै आएका छन्। माधवकुमार नेपाल सरकारका उपप्रधानमन्त्री गच्छदार बाबुराम भट्टराई मन्त्रिपरिषदमा पनि उपप्रधानमन्त्रीकै हैसियत पाउन सफल भए।

मन्त्रिपरिषदमा देउवाका विश्वासपात्र गोपालमान श्रेष्ठ पहिलो पटक उपप्रधानमन्त्री बनाइएका छन्। उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। अघिल्लो सरकारमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा फेरि पनि उपप्रधानमन्त्री बनेका छन्। उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालनेछन्। बरिष्ठ उपप्रधानमन्त्री गच्छदारलाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। बरियताक्रममा उनी बरिष्ठमन्त्री भएका छन्।

गच्छदार अनुभवी मन्त्री

वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री पछि दोस्रो स्थानमा रहेका विजयकुमार गच्छदार एकबेला देउवाका विश्वासपात्र हुन्। लामो समय काँग्रेसको राजनीति गरेका गच्छदार देउवाले २०५९ सालमा पार्टी विभाजन गरी काँग्रेस प्रजातान्त्रिक गठन गर्दा महामन्त्रीको हैसियतमा थिए। तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गर्नुअघि उनी जलस्रोत मन्त्री थिए। गच्छदार यसअघि रक्षा, गृह, भाैतिक योजना एवं जलस्रोतजस्ता मह मन्त्री भइसकेका छन्।

२०६२/०६३ को जनआन्दोलनपछि पनि उनी सधैँजसो मन्त्री हुँदै आएका छन्। माधवकुमार नेपाल सरकारका उपप्रधानमन्त्री गच्छदार बाबुराम भट्टराई मन्त्रिपरिषदमा पनि उपप्रधानमन्त्रीकै हैसियत पाउन सफल भए।

ओलीदेखि देउवासम्मका तीन वटा मन्त्रिपरिषद परिवर्तन हुँदा पनि उनको 'पोर्टफोलियो' उस्तै छ- उपप्रधानमन्त्री। अझ देउवाले उनलाई यसपटक आफूभन्दा ठ्याक्कै तल अर्थात् मन्त्रीहरुको बरियताक्रममा 'बरिष्ठ' हैसियत दिएका छन्। अहिले उनी १३ औं पटक मन्त्री बनेका हुन्।

सुनसरीको दुहबी अासपासलाई अाधार क्षेत्र मानेर राजनीति गरिरहेका गच्छदारलाई धेरैले नेपाली राजनीतिको क्याट्लिष्ट (जोड्ने उत्प्रेरक)  मान्छन्। त्यही विशेष खुबीका कारण उनी सधैँ सत्तारुढ हुन सफल भएको उनी निकटहरुको दाबी छ।

प्रकाशित: २४ जेष्ठ २०७४ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App