१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उपप्रधानसहित माओवादीका तीन मन्त्री

काठमाडौं- नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ। केन्द्रको आज बसेको बैठकले महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउने निर्णय गरेको हो।

यस अघिको सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका महराले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्रालय सम्हाल्ने माओवादी केन्द्रीय कार्यालय सदस्य मणी थापाले जनाए। यस्तै गृहमन्त्रीको रुपमा जनार्दन शर्मा र विना विभागीय मन्त्रीको रुपमा प्रभु साहले आजनै सपथ लिने कार्यक्रम रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७४ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App