१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पराजुली कामु प्रधानन्यायाधीश

काठमाडौं– सर्वोच्च अदालतमा मंगलबारदेखि गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हाल्ने भएका छन्।

वरिष्ठतामा अगाडि रहेका पराजुलीले प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि कायममुकायम कार्यभार सम्हाल्ने जिम्मेवारी पाउने भएका हुन् । प्रधानन्यायाधीशको अनुपस्थितिमा स्वतः बरिष्ठ न्यायाधीशले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने व्यवस्था छ ।

संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाबै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, न्याय परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिस हुन सकेको छैन । प्रधानन्यायाधीश सुशीला कार्कीले एक साताअघि न्याय परिषद्को बैठक बोलाएकी थिइन् । परिषद्का सदस्य अनुपस्थित हुँदा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न नसकिएको हो ।

न्यायपरिषद्ले वरिष्ठ न्यायाधीशहरुको नाम संवैधानिक परिषद्मा पठाउनुपर्छ । संवैधानिक परिषद्को सिफारिस संसद्को सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ।

तनहुँको काहँ शिवपुर–६ मा जन्मेका गोपाल पराजुली अधिवक्ताबाट कानुनी क्षेत्रमा आएका हुन्। पराजुलीले २०३६ सालदेखि २०४८ असोजसम्म अधिवक्ता बनेर काम गरेका थिए । उनी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । पराजुली २०७१ मा सर्वोच्चमा न्यायाधीश बनेका हुन्।

प्रकाशित: २४ जेष्ठ २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App