१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

तम्घास(गुल्मी)- नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिकरुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको बताएका छन्। 

चुनावी अभियानका क्रममा गृह जिल्ला आइपुग्नुभएका ज्ञवालीले मुसीकोट नगरपालिकाअन्तर्गत वडागाउँको ग्वादीचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्ने पक्का भएपछि सुनियोजित रुपमा माओवादीले मतपत्र च्यातेको आरोप लगाए। 

उनले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दललाई निर्वाचन आयोगले समेत साथ दिएको दोषारोपण पनि गरे। रासस 

प्रकाशित: २३ जेष्ठ २०७४ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App