१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

चौथो राष्ट्रिय बालक्लव सम्मेलनमा सहभागी

भक्तपुर—विश्व वातावरण दिवसको अवसरमा चौथो राष्ट्रिय बाल क्लव सम्मेलन भक्तपुरमा सुरु भएको छ। वातावरण संरक्षणसम्बन्धी काम गर्दै आएको वातावरण संरक्षण शिविर(एक्का) नेपालको आयोजनामा भक्तपूरको बोडेस्थित कृषि विकास बैक तालिम केन्द्रमा सुरु भएको हो।

सम्मेलनमा जलवायु अध्ययन, बाल अधिकार र जीवन उपयोगी सीपहरु, बालमैत्री स्थानीय शासन र विद्यालय वातावरण लगाएतका विषयमा छलफल हुनेछ।

भविष्यका लागि दीगो शिक्षा र वातावरण विषयमा केन्द्रित रहेर सुरु भएको सम्मेलनमा नेपालका ६ प्रदेशका १ सय ५ जना वालक्लब बाट प्रतिनिधित्व गरेका छन् भने शिक्षक र अभिभावकहरुको पनि उपस्थीति रहेको छ।

बाल क्लवहरुबीच ज्ञान,अनुभव र राम्रो गतिविधिहरु बाड्नका निमित्त एउटा साझा स्थल तयार पारीदिने उद्देश्यले सम्मेलन अायोजना गरिएको हो। बालक्लबहरुको दिगोपना सुनिश्चित गर्ने,जलवायु परिबर्तन ,बालअधिकार,विद्यालय वातावरण,पानी र सरसफाई आदि जस्ता विभिन्न वातावरणीय र सामाजिक मुद्दामा बालक्लवहरुलाई सचेत गर्ने, सामुदायीक विकास र वकालतमा वालक्लवको सहभागिता एकिकृत गर्ने उद्धेश्यका साथ सम्मेलन सुरु गरिएको संस्थाका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले जानकारी दिए।

सम्मेलनमा जलवायु अध्ययन, बाल अधिकार र जीवन उपयोगी सीपहरु, बालमैत्री स्थानीय शासन र विद्यालय वातावरण लगाएतका विषयमा छलफल हुने आयोजकले जनाएका छन्। सम्मेलनको उद्‌घाटन समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रभु वुढाथोकी, शिक्षा मन्त्रालयका सह सचिब हरि लम्साल र एक्का नेपालका संस्थापक सदस्य अनिल चित्रकारले सुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App