१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अर्पणसँगको घनिष्ठताबारे ऋचाको जवाफ, 'देखिएको सबै कुरा सत्य हुँदैन'

काठमाडौं- अभिनेत्री ऋचा शर्मा निर्मात्रीको रुपमा देखा पर्दैछिन्। उनले निर्माण गरेको 'आधा लभ' आगामी शुक्रबारदेखि विभिन्न हलमा रिलिज हुँदैछ।

करिब सात वर्षअघि 'फस्ट लभ' नामक फिल्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी अभिनेत्री शर्मा 'आधा लभ'सम्म आइपुग्दा निर्माताको रुपमा स्थापित हुने तयारीमा जुटेकी छन्।

'लामो समयको अभिनय यात्रापछि 'आधा लभ' मा निर्माताको रुपमा देखिएकी छु। फिल्ममा अभिनय र निर्माण फरक भए पनि दुवै आ–आफ्नो स्थानमा गाह्रो कुरा हुन्,' उनले प्रतिक्रिया दिइन्। त्यसो त विगत एक वर्षदेखि उनी फिल्म निर्माणको लागि सक्रिय भएर लागि परेकी थिइन्। 'पारिवारिक सामाजिक कथामा आधारित फिल्मले समाजको प्रतिनिधित्व गर्ने पाँच विभिन्न परिवारको भोगाई समेटेको छ। पाँच परिवारको आ–आफ्ना समस्यामाथि फिल्म निर्माण भएको छ,' उनले भनिन्।

'आधा लभ'मा उनी निर्मात्रीमा मात्र सिमित नभएर अभिनेत्रीको रुपमा समेत देखिएकी छन्। फिल्ममा स्त्रि्कप्टअनुसार कलाकारहरु छनोट गरिएका छन्। उनी आफैं भने फिल्ममा गृहिणीको भूमिकामा देखिँदैछु। गृहिणी भूमिकाकाको लागि आफ्नै किसिमको अध्ययनसमेत गरेकी थिएँ।'

अभिनेता अर्पण थापाले निर्देशक गरेको 'आधा लभ'मा उनी आमाको भूमिकामा देखा परेकी छन्। यसअघि उनले 'को आफ्नो', 'बाटो मुनिको फूल' र 'जंगे' फिल्ममा आमाको भूमिका निर्वाह गरिसकेकी छन्।

'फिल्म निर्माण गर्ने सोच पुरानो हो। निर्देशक अर्पणले एकदिन स्त्रि्कप्ट सुनाए। नेपाली समाजभित्रका परिवारको कथा भएकाले रोचक लाग्यो। दुवैको सल्लाहअनुसार फिल्म निर्माण गरेका हौं।' फिल्मलाई ऋचा शर्मा फिल्म्स्को ब्यानरले निर्माण गरेको छ। 'ऋचा शर्मा फिल्म्स्बाट निर्माण भएको यस फिल्म रिलिजलगत्तै नयाँ फिल्मको लागि काम सुरु हुन्छ,' आगामी योजना सुनाउँदै उनले भनिन्। र्‍याम्प मोेडलिङबाट अभिनयमा जोडिएकी अभिनेत्री शर्मा तत्काल फिल्म निर्देशन गर्ने सोचमा भने छैनन्। 

उनी विगत सम्भि्कन्छिन्, 'फस्ट लभ खेल्दा आत्तिएको थिएँ। खेल्दैजाँदा धेरै कुरा सुधार गर्दै लगेको छु। 'एउटै खालको भूमिका अहिलेसम्म दोहोरिएको छैन। यस फिल्मको कथालाई दर्शकले मनपराउनेछन्,' उनले भनिन्।

उनले 'उमा', 'हाइवे', 'लुट', 'मेरो लभ स्टोरी' र 'टलकजंग भर्सेस टुल्के' लगायत फिल्ममा अभिनय गरेकी छन्।

अर्पण थापासँगको घनिष्ठता

फिल्म निर्माणको क्रममा अभिनेता अर्पण थापासँगको घनिष्ठता बढेको उनी स्वीकार्छिन्। 'फिल्म निर्माणको क्रममा राम्रा साथी बनेका हौं। फिल्म क्षेत्रमा काम गरिरहेको हुँदा कामको सिलसिलामा धेरै व्यक्तिहरुसँग भेटघाट हुन्छ। फेरि हाम्रो समाजले केटाकेटी सँगै देख्दैमा जोडीको भिल्ला भिडाइदिन्छन्। देखिएको कुरा सबै सत्य हुँदैनन,' उनले भनिन्।

अभिनेत्री शर्माले पेसा र व्यक्तिगत जीवनलाई एकैसाथ जोड्न नमिल्ने बताइन्। काम गर्दा व्यत्तिगत जीवनलाई टाढा राख्नुपर्ने उनको बुझाइ छ।

फिल्ममा अभिनेत्री ऋचा शर्मा, अर्पण थापा, बसन्त भट्ट, रेमनदास श्रेष्ठ, टीका पहारी, मिथिला शर्मा, रोजिशा शाही र विपिन मिक्की गुरुङ लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App