१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी राईलाई पितृ शोक

दिवंगत गणेशकुमार राई।

इटहरी— नागरिक दैनिकका धरान संवाददाता रोहित राईलाई पितृशोक परेको छ। उनका ७० वर्षीय पिता गणेशकुमार राईको मंगलबार बिहान ९ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो। तीन वर्षअघि मुटुको शल्यक्रिया गरेका उनी श्वासप्रश्वास र मुटुसम्बन्धी रोगका बिरामी थिए।

रोगले च्याप्दै लगेपछि तीन दिन अघि अस्पताल भर्ना गरिएका उनको स्थिति अचानक गम्भीर बनेपछि आज बिहान आइसियुमा सारिएको थियो। आइसियुमा कक्षमा ल्याएको केही समयपछि निधन भएको हो।

उनको शव आज श्रद्धान्जलीका लागि धरानस्थित निवासमै राख्ने र भोलि स्थानीय लाङ्घाली वन क्षेत्रमा राई परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। राईका दुई श्रीमती, तीन छोरा र तीन छोरी छन्।

प्रकाशित: २३ जेष्ठ २०७४ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App