१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिंहदरबारबाट बिदा भए दाहाल

काठमाडौं- नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार सिंहदरबारबाट बिदा भएका छन्। प्रधानमन्त्रीका रुपमा १० महिनाअघि सिंहदरबार प्रवेश गरेका दाहाल मंगलबार हुने प्रधानमन्त्रीको निर्वाचनपूर्व नै सिंहदरबारबाट बिदा भएका हुन्। मुख्य सचिव सोमलाल सुवेदीले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेेका थिए।

बिदाइ कार्यक्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना, स्थानीय तहको निर्वाचनलगायतका काम गरी पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल सफल रहेको दाबी गरे। 'कर्मचारीसमेतको सहयोगमा आर्थिक वृद्धिदर, स्थानीय तह पुनःसंरचना, स्थानीय तहको निर्वाचन, लोडसेडिङ अन्त्यलगायतका उल्लेखनीय काम भएका छन्, प्रधानमन्त्री दाहालले भने, 'हामी यहाँ आउने बेलामै अजेन्डा क्लियर भएकाले यहाँसम्म आइपुगेका हौं।'

प्रधानमन्त्री दाहालले मुख्य सचिव सुवेदी स्थानीय तहको विज्ञ हुँदा आफूलाई सहज भएको बताए। स्थानीय तह कार्यान्वयनमा मुख्य सचिवको सबैभन्दा ठूलो सहयोग रहेको भन्दै दाहालले सुवेदीको प्रशंसा गरे। उनले कर्मचारीकै साथसहयोगले आफ्नो कार्यकाल सफल भएको भन्दै धन्यवादसमेत दिए।

बिदाइ समारोहमा मुख्य सचिव सुवेदीले आफूलाई मन्त्रीहरुबाट धम्कीसमेत आएको  भन्ने प्रसंग उठाएपछि प्रधानमन्त्री दाहालले मन्त्री र मुख्य सचिववीच समन्वयकारी भूमिका निर्वाह गरेको समेत स्मरण गरेका थिए। उनले राजनीतिक रुपमा आउनेजाने क्रम भइरहने बताउँदै ठट्यौली पारामा बिदाइमात्रै नभएर स्वागतको पनि तयारी गर्नुस् भनेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App