१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'मेयर भए सहर व्यवस्थित बनाउथेँ'

दीपाश्री निरौला, हास्य कलाकार

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो?

म अहिलेसम्म विश्वका १० भन्दा बढी मुलुक घुमिसकेकी छु। त्यसमध्ये सबैभन्दा बढी मन पर्ने सहर हङकङको सुङ किङ हो। त्यहाँको संस्कृति र सहर अरु देशको भन्दा छुट्टै पाएँ। सानो भएपनि सबैकुरा पाइने रहेछ। व्यवस्थित र सफासुग्घर छ। हुन त अरु मुलुकका सहर पनि धेरै राम्रा छन्। दुबई, क्यानडा, सिंगापुर, इटालीलगायत देशका सहर एकदमै रमणीय लाग्छन्। त्यहाँका सहरसँग तुलना गर्ने हो भने हाम्रा सहर व्यवस्थित छैनन्। डाँडापाखा, वन जंगल, नदी नाला, प्राकृतिक सौन्दर्य हाम्रा सम्पत्ति हुन्। यी विशेषता विश्वका कुनै पनि मुलुकमा पाउन सकिँदैन। मलाई नेपालका सहरमध्ये सहर पोखरा सबैभन्दा मनपर्छ। 

काठमाडौं कसरी राम्रो बन्ला?

सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ। नीति नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो। जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले काठमाडौंलाई कुरूप बनाएको छ। सरकारले सहरलाई सुन्दर बनाउन ल्याएका योजना पूरा गर्ने हो भने सहर सुन्दर बन्छ।

उपत्यकाको सबैभन्दा मनपर्ने र मन नपर्ने कुरा के हो?

धुलोधुँवा, प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मन नपर्ने पक्ष होे। स्रोत, साधन र सेवाको कुनै कमी छैन। सबैको केन्द्रविन्दु हो काठमाडौं। उपत्यकाका दरबार क्षेत्र नेपालका चिनारी हुन्। यहाँका मठ मन्दिर, दरबार, नेवारी समुदाय मलाई सबैभन्दा बढी मन पर्छ। फुर्सद हुनेबित्तिकै म मठमन्दिर र पार्क अवलोकनमा निस्कन्छु। 

केहि समयका लागि काठमाडौं महानगरपालिकाको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो?

काठमाडौंको प्रमुख हुन पाए अहिले यहाँ जेजे कमजोरी देखिएका छन्, ती सबै समाधान गर्थे।  सुन्दर सपना र सफल भविष्य बोकेर आएका ७५ वटै जिल्लाका मानिसलाई व्यवस्थित सहरको अनुभूति गराउथें। बनेका नीति नियमलाई जतिसक्दो छिटो कार्यन्वयन गरी व्यवस्थित सहर बनाउथें।  

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App