१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि रक्षा गर्दा रोनाल्डो नायक

कार्डिफ- स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलमा शनिबार युभेन्ट्सलाई ४–१ ले हराउँदै साबिक विजेता रियाल मड्रिड च्याम्यिन्स लिगको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। कार्डिफमा सम्पन्न फाइनलको २०औं मिनेटमा रोनाल्डोको गोलबाट रियालले अग्रता लिएको थियो। उनले ड्यानियल कार्भाहलको पासलाई पोस्टको दिशा दिएका थिए। यस गोलसँगै रोनाल्डो सन् १९९२ पछि च्याम्पियन्स लिगको तीनवटा फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने।

रियालका प्रशिक्षक जिनेदिन जिदान मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिनामै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन्।

रियालको अग्रता धेरैबेर टिकेन। रोनाल्डोले गोल गरेको सात मिनेट नबित्दै गोन्जालो हिग्विनको पासमा मारियो मान्डजुकिकले ब्याक भलीमा उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काएका थिए।

पहिलो हाफ १–१ को बराबरीमा टुंगिएपछि ६१औं मिनेटमा गोल गर्दै कासिमिरोले रियाललाई दोस्रो पटक अग्रता दिलाए । टोनी क्रुजको प्रहार विपक्षी खेलाडीले रोक्दा प्राप्त बललाई उनले जाली चुमाएका थिए। त्यसको तीन मिनेटपछि रोनाल्डोले लुका मोडरिचको पासमा गोल गर्दै रियालको अग्रता ३–१ मा पुर्‍याए। यो सिजनको च्याम्पियन्स लिगमा रोनाल्डोको यो १२औं गोल थियो। उनका चिर प्रतिद्वन्द्वी बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी उनीभन्दा एक गोलले पछि छन्। च्याम्पियन्स लिगमा समग्रमा भने रोनाल्डोको गोलसंख्या शनिबारका दुई गोलपछि १ सय ५ पुगेको छ।

८४औं मिनेटमा हुवाँ क्वाडार्डो दोस्रो पहेँलो कार्ड दर्शन गर्दै बाहिरिएपछि युभेन्ट्सले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। रियालका कप्तान सर्जियो रामोसलाई धक्का दिएपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाएका थिए।

अतिरिक्त समयको पहिलो मिनेटमा मार्सेलोको पासमा वैकल्पिक खेलाडी मार्को एसेन्सियोले गोल गरेपछि रियालको जित थप फराकिलो बन्यो। पछिल्लो ४ वर्षमा रियालले च्याम्पियन्स लिग जितेको यो तेस्रो पटक हो। समग्रमा भने रियालले च्यायिम्पयन्स लिगको उपाधि जितेको यो १२औं पटक हो।

यता चार पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका रोनाल्डोले पाँचौं सिजनमा प्रतियोगिताको उच्च गोलकर्ता बनेर मेसीले पाँच पटक बालोन डी'अर जित्दै राखेको कीर्तिमानसँग बराबरी गर्ने सम्भावना बलियो पारेका छन्।

‘लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको उपाधि जित्दै च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्न पाउँदा हामी धेरै खुसी छांै,’ क्लब र राष्ट्रका लागि आफ्नो गोलसंख्या ६ सय पुर्‍याएका रोनाल्डोले भने, ‘मैले सुखद रूपमा यो सिजनको अन्त्य गरँे। च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्नु अर्को कीर्तमान हो, जसका लागि हाम्रो टोलीका खेलाडीहरू सक्षम छन् र हामी धेरै खुसी छांै।’

रियालका प्रशिक्षक जिनेदिन जिदान मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिनामै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन्। यसअघि सन् १९८९ र १९९० मा एसी मिलानका प्रशिक्षक अरिगो साचीले लगातार दुई पटक उपाधि जिताएका थिए। त्यति बेला प्रतियोगिता युरोपियन कपका नाममा हुन्थ्यो।

‘यो खेलाडीहरूका लागि धेरै खुसीको क्षण हो र क्लबका लागि ठूलो उपलब्धि,’ जिदानले भने, ‘म खुसी छु, किनभने एकै सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सहज छैन। यो वर्ष हामीले कडा मिहिनेत र इच्छाशक्तिले यसलाई सम्भव बनायांै।’

सन् १९५८ पछि रियालले ला लिगा र च्याम्पियन्स लिग गरी दोहोरो उपाधि जितेको यो पहिलो पटक हो । त्यति बेला रियालले क्लब विश्वकप र युरोपियन सुपर कपसमेत जितेको थियो।

मासिमिलियानो एलेग्रीको टोली भने च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको यो लगतार पाँचांै पटक हो। समग्रमा युुभेन्ट्सको यो सातौं हार हो।

लगातार छैटांै पटक सिरी ‘ए’ को उपाधि जित्दै कीर्तिमान बनाएको युभेन्ट्सले लिगसँगै इटालियन कप पनि जितिसकेपछि च्याम्पियन्स लिग जितेर तेहेरो उपाधि भिœयाउने लक्ष्य बनाएको थियो।

'हामी जितका लागि सक्षम छौं भन्ने सोचेर ढुक्कसँग खेलेका थियौं। तर हामीले दोस्रो हाफमा किन त्यस्तो प्रदर्शन गर्‍यौं, म वर्णन गर्न सक्दिनँ,’ तेस्रो पटक फाइनलमा पराजित भएपछि युभेन्ट्सका कप्तान जियानलुइजी बुफोनले भने, ‘रियाल मड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो। उनीहरूले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्दै यस्तो महत्वपूर्ण खेलमा आवश्यक खेलभावना देखाए।’

यसअघि रियालका गोलकिपर केलोर नाभासले हिग्विनको दुईवटा उत्कृष्ट प्रहार रोकेपछि युभेन्ट्सको अग्रता लिने मौका खेर गएको थियो। त्यस्तै नाभासले मिरालेम पिजानिकको प्रहार एक हातले उत्कृष्ट रूपमा बचाएपछि युभेन्ट्स थप निराश बनेको थियो।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App