१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

बुटवल– पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा आज भएको सवारी दुर्घटनामा चितवन चिसापानीका कुमार नगरकोटीकोे मृत्यु भएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ४ ख ६३३२ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु १३ प ६८९३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय नगरकोटीको मृत्यु गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा घाइते नगरकोटीको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

 

प्रकाशित: ४ श्रावण २०७३ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App