१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं— भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्। 

'पुनः मतदानको निर्णयले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने, सत्ताको दवाब पर्ने र विपक्षी दलका उम्मेद्वारको सुरक्षा नहुने देखिन्छ', रिटमा भनिएको छ।

रिट निवेदनमा आयोगले सत्ता पक्षको प्रभावमा भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको भन्दै निर्णय खारेजीको माग गरिएको छ। निर्वाचन आयोगले सुरुदेखि नै भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री छोरी रेणुलाई मेयरमा विजयी गराउन लागि परेको रिटमा उल्लेख छ। 'पुनः मतदानको निर्णयले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने, सत्ताको दवाब पर्ने र विपक्षी दलका उम्मेद्वारको सुरक्षा नहुने देखिन्छ', रिटमा भनिएको छ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना भइरहँदा माओवादीका बुथ प्रतिनिधिले जेठ १४ गते मध्यरात मतपत्र च्यातेका थिए। भरतपुरमा कूल २९ वडा छन्। मतपत्र च्यातिँदा २७ वडाको परिणाम अाइसकेको थियो। १९ नं. वडाको मतगणना सकिँदा माओवादीकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँग उल्लेख्य मत संख्या घटाउने अपेक्षा थियो। तर ज्ञवालीसँग अन्तिमसम्म ७३३ को अन्तर देखिएपछि माअाेवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए।

तत्काल अन्तरिम आदेश माग गरिएको रिटको पेशी सर्वोच्चले भोलिका लागि तोकेको छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App