पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

शनिबार, २० जेठ २०७४, १५ : १० नागरिक

काठमाडौँ –  भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा स्थानीय तहको बारेमा स्थानीय तहलाई ज्ञान भएकाले भूकम्पको पुनःनिर्माण स्थानीय तहलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका हुन्। 

कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले जनताको आवास निर्माणमा सरकारले वितरण गरेको अनुदान समयमा ठिक ढङ्गले जान नसकेको भन्दै स्थानीय तहलाई अधिकार दिए छिटो वितरण हुने बताए । उनले भने, “स्थानीय सरकारलाई अधिकार दिए पुनःनिर्माणको कामले तीव्रता पाउँछ।” 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनसँगै पुनःनिर्माणको काम तीव्रगतिमा हुने बताए । उनले निजी आवास, सार्वजनिक पूर्वाधार, आयोजना निर्माण र सम्पदा निर्माण भएमात्र पुनःनिर्माणले सार्थकता पाउने विश्वास व्यक्त गरे। 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक डा आमोदमणि दीक्षितले प्रविधियुक्त बलियो घर निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले छिमेकीमुलुकको पुनःनिर्माणलाई अनुशरण गरेर नेपालको पुनःनिर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठले हरेक स्थानीय तहमा पुनःनिर्माणका लागि आवश्यक विज्ञ समूह खटाएर पुनःनिर्माणको कामलाई प्राधिकरणले तीव्रगतिमा गर्न लागेको बताए। 

नेपाल पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले भूकम्पले क्षति पुर्याएका पर्यटकीय संचरनालाई चाँडो पुनःनिर्माण गरी धेरै भन्दा धेरै पर्यटकलाई भित्र्याउनुपर्ने बताए। 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विश्व सम्पदामा सूचीकृत भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि प्राधिकरणले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे। 

‘बलियो घर’ कार्यक्रमका उत्पादक सुनिल कोइराला, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव द्वारिका श्रेष्ठ, प्रवक्ता डा भिष्मकुमार भुषाल, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटा, पत्रकार श्रीरामसिंह बस्नेत, सम्पदा विशेषज्ञ सूर्यभक्त सागाछेले पुनःनिर्माणमा दक्ष जनशक्ति नहुँदा पुनःनिर्माणमा समस्या भएको भन्दै आवश्यक जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिए । रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad