१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाजुरामा काँग्रेसले लगायो उम्मेद्वारको टुङ्गो

 बाजुरा – लामो छलफलपछि नेपाली काँग्रेसले उम्मेदवार छनोट गरेको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा आफ्नो पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारको टुङ्गो लगाएको नेपाली काँग्रेसले बताएको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन्।

आकांक्षी धेरै भएपनि उम्मेदवार टुङ्गो लगाउन काँग्रेसलाई सकस परेको थियो । वैशाख १२ मा टुङ्ग्याउने गरी छलफल अघि बढाएको काँग्रेसले एक महिना ढिलो गरी उम्मेदवारको नाम टुङ्गोमा लगाएको छ । त्यसमा पनि केही स्थानमा अझै नाम सार्वजनिक गरिएको छैन् । 

काँग्रेसले बडिमालिका नगरपालिकाका मेयर पदम बडुवाल र उपमेयर कविता विष्टलाई अघि सारेको छ । बडुवाल काँग्रेस नगर सभापति हुन् भने विष्ट नेपाल महिला संघमा आवद्ध स्थानीय स्तरको गैर सरकारी संस्थाको सामाजिक परिचालक हुन्। 

यस्तै बुढीनन्दा नगरपालिकामा काँग्रेस महासमिति सदस्य पदम गिरी मेयर र रिता शाही उपमेयरको उम्मेदवार बनेका छन् । बुढानिलकण्डमा पढेका गिरी निर्माण व्यवसायी पेशामा आवद्ध छन् भने शाहीले करार सेवाको जागिर छोडेर उपमेयरको उम्मेदवार बनेकी हुन्।

त्रिवेणी नगरपालिकामा पुरानो नेता रामसिंह रावल मेयर र राधीका सुनार उपमेयरका उम्मेदवार बनेका छन् । रावल काँग्रेस पूर्व सेती अञ्चल सदस्य जिल्ला अधिवेशनमा पार्टी सभापतिको पदमा पराजित नेता हुन् भने सुनार काँग्रेस नेता स्वर्गिय रामबहादुर सुनारको विरासतबाट काँग्रेस राजनीतिमा प्रवेश गर्दैछन् ।

बुढीगंगा नगरपालिकामा काँगेस पार्टी सचिव दिपक विक्रम शाह मेयर र तारा थापा खाती उपमेयरको उम्मेदवार बनेका छन् । शाह त्रिचन्द्र कलेजमा लामो समय नेविसंघको राजनीति गरेका र विज्ञान विषयमा स्नाकोक्तर सकेका वौद्धिक नेता हुन् भने नेपाल शिक्षक संघको कोषाध्यक्ष खाती अस्थायी दरबन्दीको जागिर छोडेर राजनीतिमा प्रवेश गर्दैछन् । 

छेडेदह गाउँपालिकामा काँग्रेस जिल्ला कार्य समिति सदस्य नरबहादुर रावत अध्यक्ष र कुन्ती बुढा साउँद उपाध्यक्षको उम्मेदवार बनेका छन् । मनोनित जिल्ला कार्य समिति सदस्य रावत स्थानीय मष्टेश्वरी माविको विव्यस अध्यक्ष हुन् भने संस्थाको जागिर सकिएपछि बुढा महिला संघमा आस्था राख्दै आएकी थिइन् ।

गौमुल गाउँपालिकामा काँग्रेसले परिपक्क उम्मेदवार देवबहादुर रोकायालाई अध्यक्षको उम्मेदवार बनाएको छ । भने काँग्रेस जिल्ला कार्य समिति सदस्य उमा रोकायालाई उपाध्यक्ष बनाएको छ । रोकाया जिविस सदस्य र काँग्रेस सल्लाहकार समिति सदस्य तथा उद्योग वाणिज्य संघ बाजुराको अध्यक्ष हुन् । भने उमा रोकाया काँग्रेसको राजनीतिसँगै संस्थाको जागिर गर्दै आएकी थिईन् । 

हिमाली गाउँपालिकामा काँग्रेस कार्य समिति उपभासभापति गोविन्द्र मल्ल अध्यक्ष र दामा उपाध्यक्षलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । तर अध्यक्ष काँग्रेसबाट मल्ल र उपाध्यक्षमा माओवादीसँग तालमेल गर्ने गरी छलफल अघि बढीरहेको श्रोतको दाबी छ । 

यता पाण्डव गुफामा काँग्रेसले अध्यक्ष उपाध्यक्ष कुनै पदमा पनि उम्मेदवारको नाम बाहिर ल्याएको छैन् । श्रोतलाई विश्वास मान्ने हो, भने अध्यक्ष माओवादीलाई दिएर चुनावमा जाने योजनामा काँग्रेस छ । कमजोर भएको क्षेत्रमा एमाले विरुद्धको गठनबन्ध तयार गर्न काँग्रेसले वार्ता टोली नै बनार लागि परेको छ ।

यता स्वामिकात्र्तिक गाउँपालिकामा तरुण दलका जिल्ला नेता भरत रोकायालाई अध्यक्ष र नैना जोशीलाई उपाध्यक्ष बनाएको छ । सहकारी अभियान्ता समेत रहेका रोकाया पढेलखेका बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन । यहाँ पनि काँग्रेसले उपाध्यक्ष माओवादीलाई दिने गरी तालमेल गरिरहेको छ । 

प्रकाशित: २० जेष्ठ २०७४ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App