१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ । 

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ । 

बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा शुक्रबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App