१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

कार्यक्रममा पिजे क्लब अध्यक्ष विकास कार्की, पत्रकार महासंघ अध्यक्ष महेन्द्र विष्ट, सञ्चार मन्त्रालयका सचिव महेन्द्र तामाङ कार्यक्रममा सहभागी थिए।

काठमाडौं—सूचना विभागको आयोजनामा फोटो जर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम सुरु गरेको छ। एक महिना अघिदेखि अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्र्डको हलमा भौतिक रुपमै शुरु भएको हो। तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता छ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक कृष्ण राई , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायत अनलाइन तथा छापा माध्यममा कार्यरत फोटोपत्रकारहरुको सहभागीता रहेको छ।

सूचनाको महत्वपूर्ण अंगका रुपमा फोटोपत्रकारहरु रहेको भन्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम आवश्यकता रहेको सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए।

आगामी दिनमा पनि फोटोजर्नालिस्ट क्बलसँग सहकार्य गर्दै फोटोग्राफीसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने योजना गरेको सचिव गुरुङले बताए।

घटनास्थलमै गएर दृश्य संकलन गर्नुपर्ने चुनौती फोटोपत्रकारको रहेको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले फोटोपत्रकार दुर्घटना बीमा हुनुपर्ने बताए।

घटना हुँदा तत्कालै फिल्डमा खटेर जोखिम मोलेर समाचार दृश्य संकलन गर्दा ज्यान र क्यामरा फुट्न समेत खतरा रहेको भन्दै अध्यक्ष विष्टले फोटोपत्रकारको सुरक्षाको ग्यारेन्टी प्रमुख हुनुपर्ने बताए।

अहिलेको युग सूचना र प्रविधिको युग रहेको भन्दै सूचना विभागका महानिर्देशक कृष्ण राईले फोटोले समाचारलाई स्पष्ट तथा तथ्यपूर्ण बनाउन प्रमाणको काम गर्ने भन्दै सूचना प्रवाहमा फोटो महत्वपूर्ण रहेको बताए।

फोटो पत्रकारको क्षमता अभिबृद्धि गर्न पिजे क्लबले विभिन्न तालिमको आवश्यकता रहेको भन्दै पिजे क्लबका अध्यक्ष विकास कार्कीले भविष्यमा पनि सूचना विभागसँग मिलेर सहकार्य गर्दै अरु तालिम सञ्चालन गर्ने जाने बताए।

तालिममा वर्ल्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलिपिन्सका प्रशिक्षक जिम्मी डोमिङो, नरेन्द्र श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन्। तालिम जेठ २३ गतेसम्म पर्यटन बोर्डमा चल्नेछ।

प्रकाशित: १७ जेष्ठ २०७४ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App