१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

हेटौँडा –  मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए। दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएको थियो । रासस 

प्रकाशित: १७ जेष्ठ २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App