१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्याराथन उपाधि तीर्थलाई

सोलुखुम्बु — १०औँ सगरमाथा दिवसको अवसरमा आयोजित एभरेस्ट लङ म्याराथन उपाधि त्रिभवन आर्मीका  तीर्थबहादुर तामाङले जितेका छन्  । उनलाई पछ्याउने क्रममा नेपाल आर्मीकै मोहन जोशी द्वितीय भए  । आर्मीका पूर्ण तामाङ तेस्रो भए । सगरमाथा दिवसको अबसरमा सोमबार सोलुखुम्म्बुको नाम्चेमा एभरेस्ट म्याराथनको आयोजना गरिएको हो । प्रतियोगिताका  लागि सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ६० किलोमिटर दूरी  निर्धारित गरिएकको थियो ।

आधार शिविरबाटै ४२ किलोमिटर सीधा मार्गको अर्काे प्रतिस्पर्धामा गेदेलका सुमन कुलुङ विजयी भएका छन् । सुरेन्द्र बस्नेतले दोस्रो भएका थिए । बेद बहादुर सुनुवार भने तेस्रो भए् । दिवसको अवसरमा नाम्चे युवा समूहले बृहत् सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App