१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध सुन सहित भारतीय युवती पक्राउ

अशोक सुजन श्रेष्ठ

हेटौंडा-भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो।

काठमाडौँबाट भारत जाँदै गरेको डव्लु.बी. ४३/०८३२ नम्बरको भारतीय बसमा यात्रा गरिरहेका कलकत्ता पश्चिम बेदनापुर थाना घाटल, पोष्ट अफिस महाराजपुरका १९ बर्षिया दीपा सामन्त पक्राउ परेकी हुन्। उनको साथबाट करिब २२ लाख ५३ हजार सात सय ६२ रुपैँया पर्ने चार सय ७१ दशमलव ३० ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए। उनलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ । घटना आईतबार राती साँढे ८ बजेको जनाएपनि प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो ।

लागुऔषध ओसारपसार गर्ने मार्ग रुपमा प्रयोग हुने गरेको यस सडकमा सुन तस्करीको घटना भने बिरलै हुने गरेको पाईन्छ ।

 

 

प्रकाशित: १६ जेष्ठ २०७४ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App