१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई जिल्ला जान ठाकुरको निर्देशन

काठमाडौं- राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले काठमाडांैमा रहेका राजपाका कार्यकर्तालाई तत्काल जिल्लाजिल्लामा जान निर्देशन दिएका छन्। काठमाडौंमा आइतबार गरिएको राजपाका पदाधिकारीको बैठकमा ठाकुरले यस्तो निर्देशन दिएका हुन्। उनले बैठकमा सहभागी नेतालाई जिल्लाजिल्लामा गएर आन्दोलनको तयारी गर्न आग्रह गरेका छन्।

'हाम्रो मुद्दामा प्रमुख दलहरूले सहमति जनाएनन्। त्यसैले आन्दोलनमा जानुपर्ने हाम्रो बाध्यता रह्यो,' बैठकमा ठाकुरले भने, 'त्यसैले आन्दोलनको तयारी गर्न अब तपार्इंहरू जिल्ल्ााजिल्ला जानुहोस्।' ठाकुरले आन्दोलनबाटै मधेसका मुद्दा सम्बोधन गर्न बाध्य पारिने पनि बताएका थिए। पदाधिकारी बैठकमा ठाकुरले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार र दिउँसो नेपाली कांग्रेससँग भएको वार्ताबारे बिफ्रिङ गरेका थिए। संविधान संशोधन गर्न र तराईमधेसमा स्थानीय तहको संख्या बढाउन प्रमुख तीन दलले सहमति नजाएको पनि उनले बैठकमा बताएका थिए।  'उहाँहरू (प्रमुख दलका नेताहरू) न त चुनावअघि नै संविधान संशोधन गर्न तयार देखिनुभएको छ। न त जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउन तयार हुनुहन्छ,' ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो। बैठकमा सहभागी राजपाका महासचिव केशव झाले पदाधिकारी बैठकमा अध्यक्ष मण्डलका संयोजकले जिल्ला जिल्लामा गई आन्दोलनको तयारी अघि बढाउन कार्यकर्तालाई निर्देशन दिएको बताए। 'संयोजकज्यूले कार्यकर्तालाई जिल्ला जिल्ला गई आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ,' झाले भने।

पुरानो तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा सुरुमा अध्यक्ष मण्डलका सदस्यहरूको बैठक बसेको थियो। त्यसपछि काठमाडौंमा उपलब्ध राजपाका पदाधिकारीको बैठक बसेको थियो। बैठकपछि राजपाका अध्यक्ष मण्डलका सदस्यहरू प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App